सेवा विस्तार गर्दै दमौली अस्पताल « Khabarhub

सेवा विस्तार गर्दै दमौली अस्पताल


१४ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो ।

त्यसमध्ये शल्यक्रियामार्फत प्रसूति सेवा १८ महिनापछि पुनःसञ्चालन भएको हो भने अन्य दुई सेवा नयाँ रहेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए। जनशक्ति अभावमा लामो समयदेखि रोकिएको शल्यक्रियामार्फत प्रसूति सेवा जनशक्तिको व्यवस्था भएसँगै सञ्चालनमा ल्याइएको बरालले बताए। सर्जरी सेवा र एमडिजिपी सेवा आर्थिक वर्ष २०८०-८१ मा र पाठेघर फाल्ने शल्यक्रिया सेवा चालु आर्थिक वर्ष २०८१-८२ मा सुरु गरिएको बरालको भनाइ छ । 

शल्यक्रियाको व्यवस्था नहुँदा प्रसूति सेवाका गर्भवती पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । एनेस्थेसिया सहायक र स्त्रीरोग विशेषज्ञका लागि व्यास नगरपालिकाले भत्ता र गण्डकी प्रदेश सरकारले मसिक तलब दिने व्यवस्था गरेपछि शल्यक्रियामार्फत प्रसूति सेवा सञ्चालन गरिएको बरालले बताए। 

बरालका अनुसार गत वैशाखदेखि पुनः सुरु भएको शल्यक्रियामार्फत प्रसूति सेवाबाट १९ जना लाभान्वित भएका छन् । दुई सय ९८ जनालाई भने सामान्य प्रसूति सेवा दिइएको बरालको भनाइ छ । अस्पतालमा हर्निया, हाइड्रोसिलको सर्जरी सेवा सञ्चालन गरिएको छ । अस्पताल प्रमुख डा बरालले सो सेवा दिइरेका छन् । 

त्यस्तै अस्पतालले गत साउन १४ गतेदेखि पहिलोपटक पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु गरिसकेको छ । अस्पतालका प्रसूति विशेषज्ञ डा. कुमार विष्टको समूहले एकजना महिलाको पाठेघर फाल्ने शल्यक्रिया सेवा सञ्चालन गरिसकेका छन् । दमौली अस्पतालमा यो सेवा सुरु भएसँगै दमौली तथा यस आसपासका भेगका महिलालाई सहज हुने बरालको भनाइ छ ।

अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा हाल ५७ जना मिर्गौलापीडितले डायलाइसिस सेवा लिइरहेका छन् । मिर्गौलापीडितले डायलासिसका लागि पालो कुर्नपर्ने अवस्थाको अन्त्य भएको छ । पन्ध्र शय्यामा स्वीकृत अस्पतालले हाल ५४ शय्याबाट सेवा दिइरहेको छ । बढ्दो बिरामीको चापसँगै अस्पतालको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको बरालले बताए। 

विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएका यो अस्पताल २०५९ सालमा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो । अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको छ । 

अस्पतालमा फोहरपानी, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसीयु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधिकक्ष लगायत सेवा विस्तार भइसकेको छ । 

साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि व्यवस्था गरिएको छ ।  अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलाइसिस सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  ८ : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित