सत्रौं पुस्तकालय दिवसको अवसरमा रक्तदान  « Khabarhub

सत्रौं पुस्तकालय दिवसको अवसरमा रक्तदान 


८ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्रौं पुस्तकालय दिवसको अवसरमा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 सत्रौं पुस्तकालय दिवसको अवसरमा शैक्षिक तथा रचनात्मक क्रियाकलाप उपसमितिको आयोजनामा रक्तदान कार्यक्रममा गरिएको प्रचारप्रसार समितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । १७ जनाले रक्तदान गर्नुभएको उक्त कार्यक्रममा पुस्तकालयकर्मी, सरकारी कर्मचारी, युवा, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

 ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ यस वर्ष सत्रौँ पुस्तकालय दिवस, २०८१ भव्यताका साथ सम्पन्न गर्नका लागि साउन २१ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गर्नुका साथै विभिन्न उपसमिति गठन समेत भएका छन् ।

 सत्रौं पुस्तकालय दिवसको अवसरमा देशभरका पुस्तकालयले भाद्र १ गतेदेखि नै विभिन्न कार्यक्रमको आयोजना गरि पुस्तकालय दिवस मनाइरहेका छन् ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ५ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित