आईफोन १६ प्रो र प्रो म्याक्स भारतमा पनि बन्ने « Khabarhub

आईफोन १६ प्रो र प्रो म्याक्स भारतमा पनि बन्ने


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी प्रविधि कम्पनी एप्पलले भारतमा पनि आईफोन १६ को प्रो र प्रो म्याक्स मोडल एसेम्बल गर्ने भएको छ । एप्पलले आफ्नो उत्पादक साझेदार फक्सकनसँग मिलेर भारतमा आईफोन १६ प्रो र प्रो म्याक्स उत्पादन गर्ने भएको हो ।

गत वर्ष भारतमा एप्पलका आईफोन १५ र १५ प्लस पनि उत्पादन भएका थिए । भारतको तामिल नाडु राज्यमा रहेको श्रीपेरुम्बुदुरमा रहेको फक्सकनको कारखानाले नयाँ मोडलका आईफोन उत्पादन गर्ने तयारी गरिरहेको स्रोतलाई उद्धृत गर्दै मनीकन्ट्रोलले जनाएको छ ।

एप्पलले आगामी सेप्टेम्बर महिनामा आईफोन १६ बजारमा ल्याउने तयारी गरिरहेको छ। हरेक वर्ष एप्पलले भारतमा रहेका आफ्ना साझेदारसँग मिलेर उत्पादन क्षमता थप वृद्धि गर्दै लैजाने उल्लेख गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित