बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर « Khabarhub

बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरूलाई बजेट वितरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमा सो व्यवस्था कार्यान्वयन गर्न लागिएको हो। महानगरले पहिलो पटक राम्रो काम गर्ने वडालाई केही बढी बजेट बिनियोजन गर्ने नीति लिएको हो । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले सुत्रका आधारमा गरिएको मूल्यांकनका आधारमा बजेट विनियोजन गर्न लागिएको हो । 

महानगरले आगामी आर्थिक वर्षका लागि वडाको ‘सिलिङ’ ८२ करोड विनियोजन गरेको छ । यसमध्ये ७५ करोड २९ वटा वडालाई बराबर वितरण गरिने छ । यसबाट प्रत्येक वडाले दुई करोड ५८ लाख ६२ हजार न्यूनतम पाउनेछन् । बाँकी  सात करोड सूचकका आधारमा वितरण गरिँदै छ ।

उनका अनुसार राजस्व तुलनात्मकरुपमा बढी उठाउने, पुँजीगत खर्च बढी गर्ने, जनसङ्ख्या, भौगोलिकता, असल अभ्यास, असल काम, शिक्षा, वातावरण, हरियाली लगायतका शीर्षकमा एक सय नम्बर राखेर मूल्यांकन गरी वडा छनोट गरिएको हो । सुचकमा पहिलो वडा नं २ भएको छ । यस वडाले रु दुई करोड ९० लाख दुई हजार बजेट पाउने भएको छ। दोस्रोमा वडा नं ३ पर्न सफल भएको छ । यस वडाले रु दुई करोड ८९ लाख ५१ हजार बजेट पाउने भएको हो । त्यसैगरी तेस्रोमा वडा नं २० परेको छ । यस वडाले दुई करोड ८९ लाख ४५ हजार प्राप्त गर्ने भएको छ । 

यस्तै सबै भन्दा कम बजेट पाउने वडा नं २४ रहेको छ । यस वडाले रु दुई करोड ७४ लाख २८ हजार पाउने भएको छ । चालु आर्थिक वर्षमा सबै वडाले रु दुई करोड ६५ लाखका दरले रकम पाएका थिए । पहिलो नम्बरमा परेको वडा नं २ का अध्यक्ष मनोज रानाभाटले महानगरपालिकाले तोकेका सूचकमा राम्रो अंक पाएर आफ्नो वडा उत्कृष्ट भएको जानकारी दिए।

 उनका अनुसार गत आर्थिक वर्षकोभन्दा दोब्बर कर संकलन भएको छ । गत वर्ष  एक करोड पाँच लाख राजस्व संकलन भएकोमा अहिले रु दुई करोड नाघेको छ । विद्यालयको एक सय मिटरभित्र सुर्तीजन्य पदार्थ पूर्ण निषेध गरिएको छ । सबै घरधुरीको तथ्याङ् ‘अनलाइन’मा अद्यावधिक गरिएको छ । वडाभित्र पूर्ण रुपमा ‘स्मार्ट लाईट’ जडान गरिएको छ । नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रिकालीन बजारको तयारी गरिएको छ ।

 गमला राखेर वडालाई हरियाली बनाइएको छ । लागूऔषध नियन्त्रणका लागि टोलटोलमा समिति बनाएर रात्रिकालीन गस्ती गरिएको छ । वातावरण मैत्री तथा पूर्ण सरसफाइको वडा घोषणा गर्ने तयारी गरिएको छ । रानाभाटले मूल्यांकन गरेर पहिलो हुन पाएकोमा थप ऊर्जा पैदा भएको बताए । वडा नं ३ का अध्यक्ष विकास थापाले आफूले गरेको कामको मूल्यांकन भएको बताए।

महानगर प्रमुख रेनु दाहालले सकारात्मक प्रतिस्पर्धा हुने गरी पहिलो पटक आफूहरूले सूचकको आधारमा वडालाई बजेट विनियोजन गर्न लागेको जानकारी दिए। 

उनले भने ‘वडाहरुबीचमा सकारात्मक प्रतिस्पर्धा भएर विकास र आम नागरिकको हितमा बढीभन्दा बढी काम गर्न यसले ऊर्जा पैदा गर्दछ ।’ महानगरले चालु आर्थिक वर्षमा ६ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । 

आगामी आर्थिक वर्षका लागि रु ६ अर्ब ६० करोड बढीको बजेट ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १२ : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित