करापुटार–डढुवा खण्डमा ५० प्रतिशत स्तरोन्नति « Khabarhub

करापुटार–डढुवा खण्डमा ५० प्रतिशत स्तरोन्नति


२५ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्लाको करापुटार–डढुवा–साल्मे–भञ्जाङ खण्डअन्तर्गत करापुटार–डढुवा सडकको ५० प्रतिशत स्तरोन्नति सम्पन्न भएको छ । उक्त खण्डमा आरसिसी ढलान प्रविधिको प्रयोग गरी सडक स्तरोन्नति गरिएको हो ।

मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिका जोड्ने यस खण्डअन्तर्गत मध्यनेपाल–७ करापुटारबाट वडा नं ८ डढुवासम्मको नौ किलोमिटरमध्ये हालसम्म चार किमी ढलान सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । 

कार्यालय प्रमुख विवेक सिग्देलका अनुसार थप सडक ढलान, फराकिलो बनाउने, नाली बनाउने, पर्खाल लगाउनेलगायत काम भइरहेको छ । नौ किमी ढलान गर्नुपर्ने उक्त खण्डमा जंगल पर्ने भएकाले जंगल भएको क्षेत्रमा सडकको चौडाइ चार मिटर हुने जनाउँदै अन्य क्षेत्रमा पाँच मिटर ढलान भइरहेको उनले जानकारी दिए। ढलानको मोटाइ २० सेन्टिमिटर राखिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

अधिकांश क्षेत्रमा ढाँचा ९स्टक्चर०को काम सम्पन्न भइसकेको कार्यालय प्रमुख सिग्देलको भनाइ छ । उनका अनुसार गण्डकी प्रदेश सरकारको रु ३१ करोड २३ लाख ३० हजार दुई सय ६९ लागतमा सडक स्तरोन्नति भइरहेको छ । रसुवा जयदम्बा जेभी धादिङले विसं २०७८ असोज १३ गते निर्मााण सम्झौता गरेको थियो ।

विसं २०८१ असोज १३ गतेभित्रमा सडक स्तरोन्नति सम्पन्न गरिसक्नुपर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख एवं इन्जिनियर सिग्देलले बताए । निर्धारित समयभन्दा केही महिना म्याद थप गर्नुपर्ने सम्भावना देखिएको उनको भनाइ छ ।

सिक्देलका अनुसार आगामी कात्तिक÷मङ्सिरसम्म यस खण्डको ढलान कार्य सम्पन्न हुनेछ । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत रहेको यस सडक जिल्लाको मेरुदण्डको रुपमा हेरिएको छ । 

करापुटार–डढुवा–साल्मे–भञ्ज्याङ–मालिङ–कपुरगाउँ हुँदै लमजुङ सदरमुकाम बेँसीसहर जोडिने यस सडक जिल्लाको रिङरोडका रुपमा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यो खण्ड करापुटारस्थित मध्यपहाडी लोकमार्गमा जोडिने छ । सडक सम्पन्न भएपश्चात् क्व्होलासोथर र मध्यनेपालको सडक सञ्जाल गण्डकी प्रदेशको राजधानी पोखरासँग जोडिने छ ।

करापुटार–डढुवा–साल्मे–भञ्ज्याङ खण्डअन्तर्गत डढुवाबाट साल्मेसम्मको सात किमी स्तरोन्नति भइरहेको छ । विसं २०७६ फागुन ७ गते सम्झौता चई विसंं २०७८ फागुन ६ गतेसम्म सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा सम्पन्न नभएपछि आगामी असारसम्मका लागि म्याद थप गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

हालसम्म उक्त खण्डको ९२ प्रतिशत वित्तीय प्रगति रहेको छ । ग्राभेल, स्टक्चरको काम सम्पन्न भएको छ । एक सय मिटर नाली निर्माण गर्न बाँकी रहेको जनाइएको छ । पर्खाल उठाउने र डेन लिटर पोष्ट राख्ने काम तीव्र गतिमा भइरहेको कार्यालय प्रमुख सिक्देलले जानकारी दिए । 

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  १२ : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित