स्काउट पदाधिकारीलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी « Khabarhub

स्काउट पदाधिकारीलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ ।

मन्त्रालयले स्काउटका सदस्य कुनै राजनीतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्न आग्रह गरेको हो ।

मन्त्रालयले राजनैतिक दलको सदस्यता नलिएको र राजनैतिक गतिविधिमा संलग्न नभएको स्पष्ट व्यवस्था रहेको भन्दै राजनीतिक दलको सदस्यता त्याग नगरे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

नेपाल स्काउटमा निर्वाचित पदाधिकारी विभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधिमा सक्रिय रहेकोले कानूनबमोजिम कारबाही गर्न भनी स्काउटरबाट उजुरी तथा गुनासो आएको भन्दै मन्त्री श्रेष्ठले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल स्काउट ऐन २०५० को दफा १८ (क) को उपदफा ९१० मा नेपाल स्काउटको सदस्यको योग्यतासम्बन्धी व्यवस्था गरिएको छ । सोही उपदफाको खण्ड (ख) र (ग) मा राजनैतिक दलको सदस्यता नलिएको र राजनैतिक गतिविधिमा संलग्न नभएको स्पष्ट व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : ३६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित