मटिहानी आगलागीः प्रभावित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण « Khabarhub

मटिहानी आगलागीः प्रभावित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


२७ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको मटिहानीमा भएको आगलागीपीडित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

मटिहानी नगरपालिका, सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको समन्वयमा बिहीबार आगलागीपीडित दुई सय २१ बालबालिकालाई कापी, कलम, पोशाक, झोलासहित १५ भन्दा बढी प्रकारका शैक्षिक सामग्रीहरू वितरण गरिएको हो ।

बालविकासदेखि कक्षा पाँचसम्मका ७६ जना बालक र ८३ जना बालिका तथा कक्षा छ देखि १२ सम्मका ३२ बालक र ३० बालिकासहित दुई सय २१ जनालाई रकम रु तीन लाख ७१ ह्जार पाँच सयभन्दा बढीका शैक्षिक सामग्री वितरण गरिएका नगरप्रमुख हरि मण्डलले जानकारी दिए।

उनले सहयोगका लागि सेभ द चिल्ड्रेन र क्लबलाई धन्यावाद दिँदै शैक्षिक सामग्रीहरूले तत्कालको अभाव पूर्तिभएका र यसले बालबालिकाको शैक्षिक गुणस्तरमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कक्षा ४ मा अध्यनरत १२ वर्षीया बालिका लक्ष्मिनियाँले आगलागीपछि आफ्ना सबै शैक्षिक सामग्री जलेको अवस्थामा सहयोग पाएपछि धेरै राहत मिलेको बताए ।

“आगलागीबाट सबै किताब कापी जलेरका थिए । त्यसयता पढ्न पनि पाएको थिएन, आज किताब, कापी, कलम, ब्याग, पोसाक तथा झोलालगायतका सामान पाएपछि धेरै खुसी लागेको छ । अब निरन्तर विद्यालय गएर मन लगाएर पढ्ने छु ”, बालिका लक्ष्मिनियाँले खुसी हुँदै भनिन् ।

गत वैशाख १२ गते नगरपालिकाको वडा नं ६ जरलहवा गाछीमा आगलागी हुँदा एक सयभन्दा बढी घर जलेका थिए । आगलागीबाट ती परिवारका पाँच सय ७० भन्दा बढी सदस्य प्रभावित भएका छन् । जसमध्ये २० वर्ष मुनिका तीन सय ७१ जना बालबालिकाहरू रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीको निर्णयअनुसार सेभ द चिल्ड्रेन, मटिहानी नगरपालिका एवम् रतौली युवा क्लबको समन्वयमा गत वैशाख १४ गते आगलागी प्रभावित एक सय तीन परिवारलाई शेल्टर किट, डिग्निटी किट, सरसफाई सामग्री, भान्सा घरमा प्रयोग हुने भाडाकुडाका साथै पाँच वर्षमुनिका बालबालिकालाई आवश्यक सामग्री वितरण गरिएको सेभ द चिल्ड्रेनका मिडिया तथा सञ्चार संयोजक रचना श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ९ : १६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित