अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास « Khabarhub

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिका‐६ देकोचा ख्वप कलेज अगाडि निर्माण सुरु भएको अरनिको सभाभवनको आज शिलान्यास गरेका छन् ।

सो अवसरमा उनले अत्याधुनिक सुविधा सम्पन्न अरनिको सभाभवनको निर्माण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले देकोचामा २३ वर्ष अगाडि जग्गा अधिग्रहण गरेको भए पनि स्थानीय निकाय भङ्ग हुँदा देश कयौँ वर्ष पछाडि धकेलिएको बताए  ।

सरकारको भरमा देशलाई विकास गर्ने सोच राखे हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ भन्दै अध्यक्ष बिजुक्छेँले व्यक्ति, समाज र देशले आत्मनिर्भरताको बाटो अँगाल्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नयाँ पुस्तालाई राजनीतिमा अगाडि ल्याउन सके उनीहरूको साँस्कृतिकस्तर पनि माथि उठ्ने थियो, सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदाको लागि प्रयोग गर्दा देशमा भ्रष्टाचारजस्तो आपराधिक गतिविधि मौलाउँदै गइरहँदा देश र जनताको साह्रै चिन्ता लागेर आउँछ ।’

 भक्तपुर नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा अध्यक्ष बिजुक्छेँले मानव सभ्यताको इतिहास र विकास क्रम अध्ययनको लागि भवन शिलान्यासको क्रममा राखिएका सामग्रीले महत्त्वपूर्ण तथ्यको रूपमा भूमिका खेल्ने बताए ।

कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले अरनिको सभाभवन र ख्वप कलेज निर्माणको निम्ति जग्गा प्रदान गर्ने नगरबासी धन्यवादको पात्र भएको जनाउँदे अरनिको सभाभवनलाई जनअध्ययन गृहको रूपमा विकास गर्ने विषयमा नगरपालिकाले जोड दिनुपर्ने औँल्याए ।

ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसद्बाट पारित गर्नुपर्ने माग गर्दै सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय सञ्चालनको लागि नगरपालिकालाई दिए सस्तोमा चिकित्सा शिक्षा अध्ययन गराउन सक्ने बताए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०५८ सालमै तत्कालीन जनप्रतिनिधिले अरनिको सभाभवन बनाउने उद्देश्यले देकोचामा जग्गा अधिग्रहण गरेको जनाउँदै जगनाथ क्षेत्र सांस्कृतिक, पुरातात्त्विक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण र उत्खनन गर्नुपर्ने भएकोले अरनिको सभाभवन नयाँ ठाउँमा बनाउनुपरेको स्पष्ट पारे।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, ज्योतिषाचार्य विरेन्द्रप्रसाद कायष्थ, भक्तपुर –६ का वडाध्यक्ष हरिराम सुवाल, भक्तपुर‐९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वलगायतले छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्ने बताए ।

 अरनिको सभाभवनको वास्तुकला र संरचनाको ढाँचा भक्तपुर नगरपालिकाले निर्माण गर्ने र सभाभवनको मुख्य अडिटोरियम (मुख्य हल) एक हजार १०० जनाको क्षमताको  रहेको, सभाभवन बहुउद्देश्यीय हल १२८ जना, श्रव्य दृश्य ९६ जना, चार वटा ‘रिहर्सल’ कक्ष रहनेछ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ६ : ४० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित