छैटौँ राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता शनिबार हुने « Khabarhub

छैटौँ राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता शनिबार हुने


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वस्थ नेपालको परिकल्पनालाई आत्मसाथ गर्दै नेपाली यूथ फिटनेस एण्ड केलिसथेनिक्सले छैटौँ संस्करणको राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता आगामी शनिबार आयोजना गर्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै आयोजकले प्रतियोगिताको अन्तिम तयारीको बारेमा जानकारी उक्त जानकारी गराएको हो ।

काठमाडौं बौद्ध स्थित बाग्मती नगर पार्कमा हुने प्रतियोगितालाई बजाजको सु–प्रसिद्ध मोटर बाइक ब्रान्ड पल्सरले सहयोग गर्ने आयोजकले जनाएका छन् । वल्र्ड पावरलिफ्टिङ्गको र युरोपियन स्ट्रीट लिफ्टिङ्ग महासंघको सम्बद्धतामा आयोजना हुने प्रतियोगितामा देशभरबाट २५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले प्रेश विज्ञप्तिमा जनाएका छन् ।

प्रतियोगितालाई थप आकर्षक र सहज बनाउने अभिप्रायले सर्किट र बार गरी दुई वटा विद्यामा विभाजन गरिएको छ ।

जसमा सर्किट विद्यालाई खुल्ला महिला सर्किट, खुल्ला पुरुष सर्किट, जुनियर सर्किट (१९ वर्ष मुनि), पुरुष सर्किट मास्टर्स ४५+ वर्ष र महिला सर्किट मास्टर्स ४०+ वर्ष गरी ५ वटा खेल समूहमा वर्गीकरण गरिएको छ । यसै गरी बार विद्यालाई खुल्ला महिला बार, खुल्ला पुरुष बार, जुनियर बार (१६ वर्ष मुनि) गरी ३ वटा खेल समूहमा वर्गीकरण गरिएको छ । यसरी यस प्रतियोगितामा कुल ८ वटा विभिन्न समूहमा सहभागी खेलाडीहरू बिच प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगिताको अघिल्लो दिन अर्थात् वैशाख १४ गते एथलेट ब्रीफिङ्ग, ट्याग नंम्बर वितरण गरिनेछ र प्रतियोगिताको दिन अर्थात् वैशाख १५ गते सर्किट र बार विद्या अन्तर्गतको माथि उल्लेखित समूहमा सहभागी खेलाडीहरू बिच प्रतिस्पर्धा गराउनुका साथै दर्शकलाइ समेत समावेश गराउने गरी फिटनेस सँग सम्बन्धित टोल टोलमा फिटनेस कार्यक्रम साथै अन्य थुप्रै खेलहरू समेत आयोजना गरिनेछ र सोही दिन औपचारिक कार्यक्रम गरी प्रतिस्पर्धाको अन्तिम नतिजा सार्वजनिक गर्दै विजेताहरूको नाम घोषणा गरिनेछ विज्ञप्तिमा जनाइएको छ ।

अनुमानित बजेट २५ लाख ५० हजार रहेको प्रतियोगिताको प्रतिस्पर्धामा सर्किट र बार विद्याको प्रत्येक समूह अन्तर्गतको खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरूलाई प्रोत्साहन स्वरूप क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार साथै मेडल ट्रोफी, समूहगत विभिन्न उपाधि र आकर्षक उपहारहरूबाट पुरस्कृत गरिनेछ ।

साथै विभिन्न समूह अन्तर्गतको खेलहरूमा शीर्ष पाँचौँ स्थानसम्म हासिल गर्न सफल खेलाडीहरूले प्रतिनिधित्व गर्ने एक क्लब/संघ/संस्थाले प्राप्त गर्ने अंकको मूल्याङ्कन गर्दा बढी अंक प्राप्त गर्न सफल क्लबलाई यस वर्षको स्ट्रोङ्गेस्ट क्लब घोषणा गरिनेछ ।

प्रतियोगिताको संस्थाको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ३ : १९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित