८० सालका ५ हिट गीत : जनसंख्याभन्दा बढी ‘भ्युज’ « Khabarhub

८० सालका ५ हिट गीत : जनसंख्याभन्दा बढी ‘भ्युज’


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० सालको वर्षको अन्तिम दिन हो। यो वर्ष कति गीत सार्वजनिक भए, त्यसको यकिन तथ्यांक कुनै निकायसँग छैन। गीत सार्वजनिक गर्ने माध्यम युट्युब भएकाले कुन गीत कति दर्शकले हेरे, त्यो तथ्यांक केलाउन भने सहज भएको छ।

युट्युबमा करोडभन्दा बढी भ्युज पाएका गीतको सूची लामो छ। केही गीत भने युट्युबमा कम भ्युज पाए पनि संगीतप्रेमीका मुखमा झुण्डिन सफल भए। कमै सिर्जनाले यो सफल स्थान पाउँछन्।

यस वर्ष यो सफलता पाउने सिर्जना एलिना चौहान र खेम सेन्चुरीको स्वर रहेको गीत ‘कट्टा हान्दिन्छु’ र वर्षको अन्त्यमा सार्वजनिक भएको भूपु पाण्डेको गीत ‘पिरै पिर’ प्रमुखरुपमा छन्।

१ करोड भ्युज पाएका गीतलाई सर्जकहरुले हिट साबित भएको संज्ञा दिन्छन्। यो वर्ष चल्तीका गायकहरुले करोड भ्युज पाउने गीत सार्वजनिक गरेको पाइन्छ। सो बराबर भ्युज पाउने गीतको सूची लामो छ। अर्थात्, यो वर्ष नेपाली गीत संगीत प्रेमीले धेरै गीत हिट सुन्ने मौका पाए।

विसं २०७८ को जनगणनाअनुसार नेपालको जनसंख्या करिब ३ करोड छ। देशको जनसंख्याभन्दा बढी हेरिएका गीतहरु भने पाँचवटा रहेका छन्।

शान्ति श्रीको ‘अरेली काँडैले’
लोकगायिका शान्ति श्री परियारको तीज गीत ‘अरेली काँडैले’ हो। भदौ १ गते सार्वजनिक गरिएको यो गीत अहिलेसम्म युट्युबमा ६ करोड ९३ लाखभन्दा बढीले हेरेका छन्।

यस गीतको म्युजिक भिडियोमा गायक एवं मोडल प्रकाश सपुत र मोडल अञ्जिली अधिकारी फिचर्ड छन्।

सुशान्तको ‘सारंगी’
युवापुस्ता माझ लोकप्रिय गायक सुशान्तको ‘सारंगी’ बोलको गीत ९ महिनाको अवधिमा ४ करोड ५६ लाखभन्दा बढी पटक हेरिएको छ। उनको यो गीत यस वर्ष युटुबमा सबैभन्दा बढी हेरिएको दोस्रो गीत हो।

सुशान्तको लेखन र स्वर रहेको यस गीतमा उनी स्वयं र नायिका आना शर्माले अभिनय गरेका छन्।

यही गीत सार्वजनिक भएसँगै यी दुईजना प्रेममा रहेको चर्चा सतहमा आएको थियो।

ओएसिस थापाको ‘भिखारी’
फरक धारको गीत गाएर युवामाझ लोकप्रिय बनेका गायक हुन्– ओएसिस थापा। यो वर्षको तेस्रो बढी हरिएको गीत उनकै रहेको छ।
उनको ‘भिखारी’बोलको गीतले १० महिनाको अवधिमा ३ करोड ३९ लाख भ्युज पाएको छ। यस गीतमा आकाश नेपाली र सरिता कायस्थको अभिनय रहेको छ।

‘काले केटाले’
यो वर्ष धेरै भ्युज पाउन सफल चौथो गीत ‘अ‍ैँचो पैँचो’ फिल्मको ‘काले केटा’ बोलको गीत रहेको छ। आठ महिनाको अवधिमा यो गीत ३ करोड ३६ लाख भन्दा बढी पटक हेरिएको छ।
एकनारायण भण्डारीको शब्द रहेको यो गीतमा आशीष अविरल र अस्मिता अधिकारीले आवाज दिएका छन्। गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र एलेक्स विश्वकर्मा (पारस) फिचर्ड छन्।

सुजनको ‘फूलथुंगे रानी’
यो वर्ष धेरै दर्शकको मुखमा झुण्डिन सफल गीतको हो– गायक सुजन चापागाईंको ‘फूलथुंगे रानी’। हिट गीत दिने परिचय बनाएका सुजनले यो वर्ष पनि आफ्ना दर्शकलाई निराश बनाएनन्।
सुजनको यस गीतले ११ महिनामा ३ करोड १२ लाखभन्दा बढी भ्युज पाएको छ। हर्क साउदको शब्दमा रहेको यस गीतमा स्वर र संगीत सुजनको रहेको छ।
यस गीतमा एलेक्स विश्वकर्मा (पारस) र विभूति सिटौला फिचर्ड छन्।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ६ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित