अन्तर्राष्ट्रिय सगरमाथा दिवस कोशीमा मनाउछौँ : मुख्यमन्त्री कार्की « Khabarhub

अन्तर्राष्ट्रिय सगरमाथा दिवस कोशीमा मनाउछौँ : मुख्यमन्त्री कार्की


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अन्तर्राष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउने बताएका छन् ।

 ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले आज काठमाडौँमा आयोजना गरेको ‘अन्तरक्रिया कार्यक्रममा उनले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको प्रदेशले कोशीले अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउने बताए ।

‘कोशी प्रदेशको पर्यटन क्षेत्रको विकास गर्न तथा भारतीय पर्यटकलाई जोड्नका लागि प्रदेशले काम गरिरहेको छ । दरभङ्गा, सिक्किम, पटनालगायत क्षेत्रका पर्यटकलाई कोशीमा भित्र्याउन हामी लागिरेहका छौँ,’ मुख्यमन्त्री कार्कीले भने। 

उनले सरकार र व्यवसायी एक सिक्काका दुई पाटो भएकाले व्यवसायीको समस्यामा सहजीकरण गर्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्रदेशको पर्यटन विकासका लागि सरकारले काम गरिरहेको बताए । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष रोजिना प्रधान राईले सगरमाथा दिवसलाई विश्वभर चिनाउनका लागि एनआरएनएले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराज लामिछानेले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि बोर्डले काम गरिरहेको उल्लेख गरे ।

टानका अध्यक्ष नीलहरि बास्तोलाले स्थानीय सरकारले जथाभावी मोटरबाटो खन्दा पदमार्गहरु मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरे। विदेशी पर्यटकलाई सही सूचना दिनका लागि पदयात्रा सूचना प्रणाली (टिम्स) लाई कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिए।

टानका पूर्वअध्यक्ष दीपक महतले अन्तर्राष्ट्रिय आरोहीलाई नेपालमा निमन्त्रणा गरेर सगरमाथा दिवस भव्य रुपमा मनाउनुपर्ने बताए। कोशी प्रदेशमा भएको पर्यटकीय सम्भावनालाई अध्ययन गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

टानका पूर्वअध्यक्ष ज्योति अधिकारीले सगरमाथा दिवस मनाउनु पर्छ भन्ने कुरा राज्यलाई बुझाउनका लागि १५ वर्ष लागेको बताए। उनले नेपाललाई सस्तो गन्तव्य बनाउन नहुने उल्लेख गरे ।

नेपाल पर्यटन बोर्डका पूर्वउपाध्यक्ष चन्द्रप्रसाद रिजालले सरकारले बोलेको कुरालाई पूरा गर्न र नीतिगत सुधार गर्न सकेमात्र मुलुकको पर्यटन क्षेत्रको विकास हुने बताए। नेपाल पर्वतारोहण सङ्घका पूर्वमहासचिव कुलबहादुर गुरुङले सरकारलाई पर्यटकले तिरेको कर आरोहीको हकहितको पक्षमा काम गर्न छुट्टै खाता बनाएर राख्नुपर्ने बताए।

टानका महासचिव विनोद सापकोटाले पर्यटन प्रवर्द्धन तथा पर्यटकीय क्षेत्रको संरक्षणका लागि टानले कोशी प्रदेशसँग सहकार्य गर्न पाएकामा खुसी व्यक्त गरे। मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा सरकारसँग टान हातेमालो गर्दै अगाडि बढ्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ५ : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित