हालसम्म ६५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार « Khabarhub

हालसम्म ६५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालसम्म ज्यान जोखिममा परेका छ सय ५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत राष्ट्रपति महिला उत्थान समन्वय एकाइ प्रमुख नीता शर्माले आर्थिक वर्ष २०७५-७६ देखि चालु आव २०८०-८१ को फागुन २८ सम्ममा सो सङ्ख्यामा गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको जानकारी दिइन्। उनका अनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उक्त परियोजनाअन्तर्गत हवाई उद्धार गरिएको हो ।

महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयन गर्न, नियमित यातायात सेवा नपुगेका दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने गर्भवती तथा सुत्केरीको अवस्था, कारण र सम्भाव्य जोखिम वा मृत्युबाट बचाउन, सुरक्षित प्रसूति सेवा तथा नवजात शिशुलाई सुरक्षित मातृत्व सेवा उपलब्ध गराउने उद्देश्यले हवाई उद्धार कार्यक्रम सञ्चालन गरिएको एकाइ प्रमुख शर्माले बताइन् ।

मन्त्रालयको तथ्यांकलाई प्रदेशगत रुपमा हालसम्म कोशीका एक सय ९०, बागमतीका एक सय दुई, गण्डकीका ३४, लुम्बिनीका १२, कर्णालीका दुई सय १७ र सुदूरपश्चिम प्रदेशका एक सय चार गरी छ सय ५९ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार भएको छ ।  

आव २०७५-७६ मा जम्मा २६ जनाको उद्धार भएको थियो । उक्त आवको प्रदेशगत विवरणअनुसार कोशीका पाँच, बागमतीका तीन, गण्डकीका तीन, लुम्बिनीका एक, कर्णालीका १३ र सुदूरपश्चिम प्रदेशका एक जना महिलाको हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ । 

आव २०७६-७७ मा ८७, आव २०७७-७८ मा एक सय तीन, आव २०७८-७९ मा एक सय ६९, आव २०७९-८० मा एक सय ६७ र चालु आवको फागुन २८ गतेसम्म मुलुकभरबाट एक सय सात गरी छ सय ५९ ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ । 

राष्ट्रपति महिला उत्थान समन्वय एकाइ प्रमुख शर्माले उपचाररत संस्थाले मन्त्रालयलाई सूचना दिएका आधारमा हवाई उद्धार कार्यक्रमको प्रक्रियालाई अगाडि बढाउँदै आएको बताए ।

उपचाररत स्वास्थ्य संस्थामा उपचार सम्भव नभएमा उक्त संस्थाले ‘रेफर कार्ड’सहित सम्बन्धित गाउँपालिका, जिल्ला प्रशासन कार्यलयलाई सूचना प्रदान गर्ने गरेको शर्माले बताइन्।

आमनागरिकका लागि हवाई उद्धारको प्रक्रिया लामो भइरहेको, रात्रिकालीन सेवा उपलब्ध नरहेको स्वीकार गर्दै एकाइ प्रमुख शर्माले अबका दिनमा थप सहज, पहुँचयुक्त बनाई उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालय सकारात्मक रहेको बताइन्। उनका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उडान गर्दै आए तापनि उद्धारको सम्पूर्ण खर्च भने मन्त्रालयले बेहोर्दै आएको छ । 

मन्त्रालयले सडक यातायातको सहज पहुँच नपुगेका, तोकिएका दुर्गम हिमाली तथा पहाडी क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई लक्षित गरी हवाई यातायातमार्फत नजिकका ‘आमा सुरक्षा कार्यक्रम’ लागू भएका सरकारी अस्पतालमा उपचारका लागि पुर्‍याउँदै आएको छ । 

ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालीकोट, 

हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७ बमोजिम हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म आएका महिलाको यातायात खर्चका लागि एकमुष्ट रु २० हजार उपलब्ध गराउँदै आइएको राष्ट्रपति महिला उत्थान समन्वय एकाइ कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित