अफगानिस्तानमा भारी हिमपात, १५ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा भारी हिमपात, १५ जनाको मृत्यु


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन् । 

बाल्ख र फार्याब प्रान्तबाट प्राप्त तथ्यांकलाई उद्धृत गर्दै टोलोन्यूजले भारी हिम वर्षाका कारण पशुधनमा व्यापक प्रभाव परेको उल्लेख गरेको छ । हालैको हिमपातका कारण लगभग दस हजार जनावरहरू मरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

सर–ए–पुलका स्थानीय अब्दुल कादिरले भने,’व्यापक हिउँ परिरहेको छ । धेरै सडकहरू अवरुद्ध भएका छन् । कुनै पनि आवागमन छैन । आफ्ना पशुधनको क्षति भएकोले स्थानीयहरू निकै चिन्तित बनेका छन् ।’ 

अर्का बासिन्दा अमानुल्लाहले विशेषगरी सडक अवरुद्ध भएका र भोकभोकै रहेका पशुचौपायाको दुर्दशाबाट प्रभावित भएकाहरूका लागि तत्काल सरकारी सहयोगका लागि याचना गरे। 

अफगानिस्तानले प्राकृतिक विपत्तिका कारण विशेष गरी पशुधन मालिकहरूलाई भएको क्षतिलाई सम्बोधन गर्न विभिन्न मन्त्रालयहरू सम्मिलित एक समिति गठन गर्ने घोषणा गरेको छ । अधिकारीहरूले बाल्ख, जाज्जान, बडगिस, फरयाब र हेरात प्रान्तका पशुधनीहरूलाई राहत सहयोगका लागि पाँच करोड रकम बिनियोजन गरेको छ । 

कृषि, सिँचाइ तथा पशुपन्छी मन्त्रालयका लागि तालिवान प्रशासनका प्रवक्ता मिसबाहुद्दीन मुस्तैनले सबै प्रान्तमा गठन भएका समितिहरूले उद्धारका द्रूत प्रतिक्रियाबारे छलफल गरिरहेको बताए। अवरुद्ध सडक खुलाउन, प्रभावित समुदायलाई खाद्यान्न वितरण गर्न र बाक्लो हिमपातका कारण अलपत्र परेकालाई उद्धार गर्न यी समितिहरू सक्रिय रूपमा लागिपरेका छन् ।

अफगान रेड क्रिसेन्ट सोसाइटीका प्रवक्ता एर्फानुल्लाह शराफजोईका अनुसार बडघिस, घोर, फराह, कान्दाहार, हेलमन्ड, जाज्जन र नुरिस्तानजस्ता प्रान्तहरूमा हालैको हिमपातबाट प्रभावित व्यक्तिहरूसम्म पुग्न विभिन्न समूह बनाई उद्धारकर्मी खटाइसकिएको बताए । 

भारी हिमपातका कारण सलाङ पासलगायत प्रमुख यातायात मार्गहरू बन्द भएका छन् र घोर, बडघिस, गजनी, हेरात र बामियानजस्ता विभिन्न प्रान्तहरूमा सडकको पहुँच बन्द भएको छ ।

सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हकशेनासले विगत दुई दिनदेखि परेको भारी हिमपातका कारण यी मार्गहरू अस्थायी रूपमा अवरुद्ध भएको पुष्टि गरे। 

फर्याब प्रान्तका गभर्नरका प्रवक्ता इस्मतुल्लाह मुरादीले प्रान्तमा भारी हिमपातका कारण अधिकांश जिल्लामा सडक बन्द भएको र दुर्गम क्षेत्रका बासिन्दा अलपत्र परेको जानकारी दिए ।  

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ४ : १९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित