बुटवलमा ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम’ « Khabarhub

बुटवलमा ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम’


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु भएको छ ।

बुटवल–१२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरईको स्वास्थ्य सोमबार परीक्षण गरेर कार्यक्रमको सुरुआत गरिएको छ । बरईको घरमै पुगेर नगरप्रमुख खेलराज पाण्डेयले फलफूल र स्वास्थ्यवर्द्धक सामग्री दिएर अभियानको सुरुआत गरे ।

ज्येष्ठ नागरिक बरईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले स्वास्थ्य परीक्षण गरेका थिए ।

नगरप्रमुख पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनेगरी योजना बनाएको र कार्यान्वयन गर्दै लग्ने बताए । चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवर्द्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमितरूपमा सञ्चालन भइरहेको उनले जानकारी दिए ।

उनले घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्‍याउन थालेको बताए ।

नगर प्रवक्ता शिव रानाले घरघरमा पुग्ने स्वास्थ्य परीक्षण कार्यक्रमको लाभ लिन आग्रह गरे । उनले आगामी वर्ष पनि यस्ता अभियान नियमितरूपमा सञ्चालन हुने जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. पाठकले घरदैलोमा पुग्ने यस्तो सुविधाले नागरिकलाई सहज हुने बताए । उनले स्वास्थ्य क्षेत्रबाट बुटवल उपमहानगरपालिकालाई सक्दो सहयोग गर्ने जानकारी दिए ।

कार्यक्रममा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्याल, औषधि व्यवसायी सङ्घका खड्गबहादुर बस्नेत, निजी अस्पतालहरूको एशोसिएसनका रामप्रसाद खरेललगायतले बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित बाआमासँग नगरप्रमुख कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने जानकारी दिए ।

उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. पाठक, स्त्रीरोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थी लगायत विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ११ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित