नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घ नेपालको सञ्चालन समितिको संयुक्त बैठक सम्पन्न « Khabarhub

नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घ नेपालको सञ्चालन समितिको संयुक्त बैठक सम्पन्न


४ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकार राष्ट्रिय योजना आयोग र नेपालस्थित संयुक्त राष्ट्र सङ्घले संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहयोग कार्यढाँचा (यूएनएसडीसीएफ) २०२३–२०२७ को सञ्चालन समितिको पहिलो बैठक संयुक्त रूपमा आयोजना गरिएको छ ।

बैठकको सहअध्यक्षता योजना आयोगका उपाध्यक्ष डा‍‍‍।मीनबहादुर श्रेष्ठ र नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले गरेका थिए । सन् २०२३ मा संयुक्त राष्ट्र सङ्घीय दिगो विकास सहयोग कार्यढाँचा अवलम्बन गरेपछि बसेको नेपाल सरकार तथा संयुक्त राष्ट्र सङ्घीय संयुक्त सञ्चालन समितिको पहिलो बैठकमा २०२४ कार्ययोजनामा यूएनएसडीसीएफ कार्यढाँचा अन्तर्गतका विभिन्न चार प्राथमिकता क्षेत्रबारे छलफल गरिएको थियो ।

चार क्षेत्रमा दिगो, उत्थानशील र समावेशी आर्थिक रूपान्तरण, समावेशी तथा रूपान्तरणकारी मानव विकास, वातावरणीय दिगोपन, जलवायु तथा विपद् उत्थानशीलता, सङ्घीयता, सहभागिता र समावेशीकरण छन् ।

बैठकमा योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्न र १६ औँ विकास योजना कार्यान्वयन गर्न उत्सुक रहेको बताए । साथै उनले नेपालले रोजगारीका अवसर सिर्जना गर्न, उत्पादकत्व र उत्पादक क्षमता अभिवृद्धि गर्न, प्राकृतिक स्रोतको दिगो उपयोग प्रवद्र्धन गर्न, र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सुविधामा पहुँच बढाउन संयुक्त राष्ट्रसङ्घ स्केलेबल, रूपान्तरणकारी र प्रभावकारी सहयोग चाहेको उल्लेख गरे ।

बैठकले यूएनएसीडिसिएफ २०२३–२०२७ का प्राथमिकता नेपालको १६ औँ राष्ट्रिय योजनामा उल्लेख प्राथमिकतासँग र दिगो विकास लक्ष्यद्वारा मार्गनिर्देशन गरेअनुसार २०२४ कार्ययोजनामा सह९स्वामित्व सुनिश्चित गर्न रणनीतिक निर्देशन प्रदान गरेको छ ।

बैठकमा संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले राष्ट्रियस्तरमा संयुक्त राष्ट्र सङ्घीय दिगो विकास सहयोग कार्यढाँचा २०२३–२०२७ संयुक्त राष्ट्र सङ्घको विकास प्रणाली सुधारको कार्यान्वयनको केन्द्रविन्दुमा रहेको बताए ।

यसले नेपालका जनता र सरकारलाई आफ्ना विकास लक्ष्य हासिल गर्न संयुक्त राष्ट्रसङ्घले कसरी सहयोग गरिरहेको छ भन्ने कुरा प्रष्ट पार्ने उनले बताए । बैठकमा नेपाल सरकारका प्रतिनिधि र नेपालस्थित संयुक्त राष्ट्रसङ्घका पदाधिकारीलगायत उपस्थित रहेका थिए ।

बैठकमा विभिन्न चार क्षेत्रका लागि आगामी वर्षका प्राथमिकतामा सहमति भएको थियो । आगामी १६ औँ राष्ट्रिय योजनामा उल्लेखित र दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घ २०३० एजेन्डाद्वारा निर्देशित भई राष्ट्रिय प्राथमिकतासँग पङ्क्तिबद्धता सुनिश्चित गर्न सहयोग ढाँचाको विकास र कार्यान्वयनको रणनीतिक निरीक्षण प्रदान गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १० : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित