युरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दो : डब्लूएचओ « Khabarhub

युरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दो : डब्लूएचओ


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोपेनहेगन– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले युरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

डब्ल्यूएचओका युरोप क्षेत्रीय निर्देशक हान्स हेनरी पी क्लुजले कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा इन्फ्लुएन्जाको सङ्क्रमण र अस्पताल भर्ना हुनेको सङ्ख्यामा वृद्धि भएको उल्लेख गर्दै आगामी हप्ताहरूमा सम्भावित वृद्धिको सामनाका लागि तयारी गर्न अस्पताल तथा स्वास्थ्य केन्द्रसहित सम्वद्ध सङ्घसंस्थालाई आग्रह गरे ।

‘नेसनल इन्स्टिच्युट फर पब्लिक हेल्थ एन्ड द इन्भाइरोमेन्ट (आरआईभीएम)’ का अनुसार नेदरल्याण्ड्सले अहिले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणमा भइरहेको वृद्धिलाई कम गर्न सम्भावित प्रयासहरूलाई अगाडि बढाएको छ ।

इन्फ्लुएन्जा भाइरस र कोरोना भाइरसलगायत चिसोबाट हुने विभिन्न सङ्क्रमणहरू अहिले नेदरल्याण्ड्सको जनसङ्ख्यामा ‘सामान्य’ भएको आरआईभीएमले जनवरी १० सम्मको आफ्नो पछिल्लो अपडेटमा जनाएको छ । आरआईभीएमले चिसोजन्य समस्याका कारण सङ्क्रमण भएकोजस्ता लक्षण देखिएका व्यक्तिको सङ्ख्या बढ्दो क्रममा रहेको बताएको छ ।

दुई हप्ता पहिले प्रति एक लाखमा २७ जनाले चिसोजन्य सङ्क्रमणको गुनासो लिई चिकित्सकीय सेवाका लागि अस्पताल वा स्वास्थ्य केन्द्रमा अनुरोध गरेकोमा गत हप्ता प्रति एक लाखमध्ये ४४ मा यो समस्या देखिएको रिपोर्टमा उल्लेख छ ।

आरआईभीएमका अनुसार हालैको तथ्याङ्कले इन्फ्लुएन्जा भाइरसको घटनामा पनि वृद्धि भएको देखाएको छ । तथ्याङ्कमा फ्लुजस्ता लक्षण देखिएका व्यक्तिहरूको लगभग ३५ प्रतिशत नमूनाहरूमा सङ्क्रमणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । अघिल्लो हप्ता यो दर १३ प्रतिशत रहेको थियो । 

इटालीका स्वास्थ्यकर्मीहरूले गत शुक्रबार इटालीमा कम्तीमा १५ वर्षयताकै सबैभन्दा खराब फ्लु लहरका कारण अस्पतालहरू चर्को दबाबमा रहेको बताएका छन् । इटालियन फेडेरेसन अफ हेल्थ अथोरिटीज एन्ड हस्पिटल्स (एफआईएएसओ) का अनुसार गत साता आपतकालीन कक्षमा भर्ना हुनेको सङ्ख्या २० देखि ३० प्रतिशतले बढेको छ ।  

नयाँ वर्षको सुरुवातदेखि नै कोभिड-१९ र फ्लुको सङ्क्रमण तीव्र रूपमा बढेपछि स्पेन सरकारले जनवरी १० देखि अस्पताल र स्वास्थ्य केन्द्रहरूमा मास्कको अनिवार्य प्रयोगलाई पुनः लागू गरेको छ । स्पेनमा श्वासप्रश्वाससम्बन्धी रोगहरूमा तीव्र वृद्धि भएको छ र बासिन्दाहरूमा सङ्क्रमण दर प्रति एक लाखमा ९५२ भन्दा बढी पुगेको छ । स्वास्थ्यमन्त्री मोनिका गार्सियाले गत हप्ता ‘चिसोजन्य सङ्क्रमण अत्यधिक भएको चेतावनी दिएका थिए । 

मंगलबार कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा क्लुजले जोखिममा रहेको जनसङ्ख्यालाई कोभिड-१९ र इन्फ्लुएन्जाको खोपमा अद्यावधिक राख्नुपर्ने बताएका थिए । उनले सन् २०२० को डिसेम्बरमा कोभिड–१९ विरुद्धको खोप सार्वजनिक भएयताको महत्वपूर्ण सफलता मिलेको पनि बताए । 

डब्ल्यूएचओको अध्ययनअनुसार ६० वर्षमाथिका व्यक्तिका लागि यो खोप प्रभावकारी देखिएको छ, खोपले ९० प्रतिशतभन्दा बढी ज्यान बचाएको छ । सन् २०२० को डिसेम्बरमा खोप प्रयोग सुरु भएयता डब्ल्यूएचओको यूरोपेली क्षेत्रमा कोभिड–१९ का कारण हुने मृत्युमा ५७ प्रतिशतले कमी आएको छ र पहिलो बुस्टर डोजले मात्र अनुमानित सात लाख मानिसको ज्यान जोगाएको छ ।    

यद्यपि, क्लुजले कोभिड–१९ जेएन–१ संस्करणको तीव्र फैलावटप्रति चिन्ता व्यक्त गर्नुभयो । 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १२ : २६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित