आजका छुटाउन नहुने समाचार : प्रधानमन्त्रीले ६ सांसदको विश्वास गुमाउने संकेत « Khabarhub

आजका छुटाउन नहुने समाचार : प्रधानमन्त्रीले ६ सांसदको विश्वास गुमाउने संकेत


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज दिनभर : सुखद समाचारको कुरा गर्ने हो भने आज सेयर बजार दोहोरो अंकले उकालो लाग्यो । दुःखको कुरो गर्दा, सर्वोच्च अदालत परिसरमा न्यायाधीशकी श्रीमतीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरिन् । राजनीतिक खबरमा बिहानै बालुवाटारमा बसेको सत्ता वगठबन्धनको बैठकमा नगएका सिके राउतले सरकारबाट बाहिरिने चेतावनी दिए । झापाका कोच राजवंशी समुदायले आज भाक्का दिवस मनाएका । भोलि सबै समुदायले माघे संक्रान्तिको भव्य तयारी गरेका छन् ।

न्यायाधीशकी श्रीमतीद्वारा सर्वोच्च हाताभित्र आत्मदाह प्रयास

आफ्ना श्रीमान् न्यायाधीश भुवन गिरीविरुद्ध बैबाहिक बलात्कार र घरेलु हिंसाको मुद्दा दायर गरेकी आरती गिरीले न्याय नपाएको भन्दै सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन् ।

शरीरमा पेट्रोल खनाउँन लाग्दा उनलाई प्रहरीले रोकको थियो र नियन्त्रणमा लिएको थियो । न्यायाधीश गिरीलाई थुना राखेर मुद्दा प्रक्रिया अगाडि बढाउनुपर्ने उनको माग छ ।

सम्बन्धित समाचार

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौँ जिल्ला अदालतमा पूर्वन्यायाधीश गिरीमाथि जुत्ता प्रहार

राजनीति

सरकारबाट बाहिरिने सिके राउतको संकेत, छलफलका लागि प्रधानमन्त्रीले बोलाए

एक मात्रै मन्त्रालय भागमा पाएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टी जुनसुकै बेला सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । गठबन्धनको बैठकमा आफ्नो पार्टीलाई नबोलाएपछि उनी रुष्ट देखिएका हुन् । सिके राउत बाहिरिएमा प्रधानमन्त्री दाहालले संसदमा ६ जना सांसदको समर्थन गुमाउनेछन् ।

यो घटनाक्रमकै विकासले राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनले आफ्ना उम्मेदवार उठाउन गरेको संयुक्त अपीलमा राउतको पार्टीले असहमति जनाएको छ ।

अध्यक्ष राउत भन्छन्, ‘राष्ट्रिय सभाको चुनावमा म गठबन्धनको पक्षमा छैन ।’

थप…

राष्ट्रियसभामा साझा उम्मेदवारलाई जिताउन गठबन्धनको अपिल

राष्ट्रियसभाका उम्मेदवारले चुनाव प्रयोजनका लागि ३ लाख ५० हजार खर्च गर्न पाउने

राष्ट्रियसभा निर्वाचन : माघ २ गतेदेखि आचारसंहित लागू हुने

हाम्रो सिफारिस…

समाज

मनाइयो छैटौं राष्ट्रिय भाक्का दिवस

आदिवासी कोच राजवंशी समुदायले झापामा छैटौं ‘राष्ट्रिय भाक्का दिवस’ मनाएका छन् । यस समुदायले पुस २९ गतेलाई भाक्का दिवसका रुपमा मनाउँदै आएका छन् । चामलको पिठोबाट बन्ने भाक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो ।

माघे संक्रान्तिको चहलपहल

माघे संक्रान्तिको पूर्वसन्ध्यामा तरुल र घ्यू चाकुको व्यवसाय फस्टाएको छ । विभिन्न समुदायले माघे संक्रान्ति आ–आफ्नो संस्कृति परम्पराअनुसार मनाउँदै आएका छन् ।

थारु समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ । माघिदेखि नै समुदायमा नयाँ काम सुरु गर्नुका साथै नयाँ व्यवस्था लागू हुने भएकाले यसलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । माघे संक्रान्तिका लागि बजारमा किनमेल गर्नेको भीड लागेको छ ।

थारु गाउँमा माघीको चहलपहल सुरु

टोखाको चाकु !

थप…

मेलम्चीको पानी भोलिदेखि काठमाडौँमा पुनः वितरण गरिने

सार्वजनिक विद्यालय सुध्रिनेगरी विद्यालय शिक्षासम्बन्धी कानुन बनाउन विद्यार्थी संगठनको माग

तत्काल औषधि उत्पादन थाल्न प्रधानमन्त्रीको निर्देशन

अन्तर्राष्ट्रिय…

पाकिस्तानको बलुचिस्तानमा भएको झडपमा परी ५ सैनिकसहित ८ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकुसँग भएको झडपमा परी ५ सैनिकको मृत्यु भएको त्यहाँको सेनाले आइतबार जनाएको छ । बलुचिस्तानमा सेनाले दशकौँदेखि विभिन्न विद्रोही समूहसँगसँग लडिरहेको छ ।

आतंककारीहरूले सुरक्षा बलको गाडीलाई लक्षित गरी विस्फोट गराए पश्चात उत्पन्न परिस्थितिले भीषण सशस्त्र झडप भएको पाकिस्तानी सेनाले दाबी गरेको छ ।

थप…

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्‍यो : दक्षिण कोरियाली सेना

विद्रोहीले वायुसेना नियन्त्रणमा लिएको दाबी श्रीलङ्काद्वारा अस्वीकार

खेल

यू-१९ विश्वकप : आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी

आईसीसीले यू–१९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ । कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्ता सूचीमा परेका हुन् ।

थप…

दोस्रो टी-२० मा न्युजिल्यान्ड पाकिस्तानसँग २१ रनले पराजित

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : २९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित