वडा कार्यालयबाटै राजस्व सङ्कलन « Khabarhub

वडा कार्यालयबाटै राजस्व सङ्कलन


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– स्थानीयलाई मालपोत कार्यालयमा नै आफ्नो घरजग्गाको राजस्व बुझाउन पुग्नुपर्दा धेरै सास्ती खेप्नुपर्थ्यो । मालपोत कार्यालयदेखि टाढा बसोबास गरेका स्थानीयलाई एक दिनको समय खर्चेर राजस्व तिर्न जानुपर्ने समस्या अहिले अन्त्य भएको छ ।

रामपुर नगरपालिका कार्यालयको आडैमा मालपोत कार्यालय छ । नगरका टाढा रहेका वडा नं १, २, ९ र १० का स्थानीयले मालपोत कर बुझाउन एक दिनको समय खर्चेर कार्यालयमा धाउनुपर्ने समस्या रहेकामा अहिले प्रत्येक वडा कार्यालयबाट राजस्व लिने व्यवस्था गरिएको छ ।

नगरपालिकाको केन्द्रबाट नजिक भनिएका वडा नं ३, ४ र ८ को माथिल्लो भेगमा बसोबास गर्नेले धेरै समय बिताएर राजस्व बुझाउनुपर्ने समस्या थियो । वडा कार्यालयबाट छिटोछरितो सेवा पाउँदा आवतजावत तथा आर्थिक समस्या नरहेको रामपुर–९ बरभञ्ज्याङका राजन सुनार बताउँछन् ।

‘सेवाग्राहीले भनेको समयमा वडाबाटै सेवा पाएका छन्, रामपुर नगरपालिकाले वडाबाटै सुरु गरेको मालपोतको राजस्व सङ्कलन कार्य नगरवासीमाझ प्रभावकारी बनेको छ’, उनले भने ।

टाढाटाढाबाट मालपोत कार्यालयमा राजस्व बुझाउन आउने झन्झटलाई मध्यनजर गर्दै नगरभित्रका सबै वडा कार्यालयबाट राजस्व लिन थालिएको हो । वडावडामा सफ्टवेयर जडान गरेर कम्प्युटरबाट राजस्व सङ्कलन कार्य भइरहेको रामपुर–८ का वडासचिव महेश भट्टराईले बताए ।

सबै वडामा कम्प्युटर अपरेटर छैनन्, सहायक अपरेटर, वडासचिव तथा कार्यालय सहायक कर्मचारीबाट काम हुने गरेको छ । जनशक्ति अभावका बाबजुत पनि नागरिकलाई स्थानीय गत मङ्सिरदेखि नगरपालिकाभित्र रहेका दशवटै वडा कार्यालयमा कार्यरत कर्मचारीलाई अनलाइन सफ्टवयर प्रविधिसम्बन्धी दुईदिने तालिम दिएर वडाबाटै राजस्व सङ्कलन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिए ।

वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजस्व सङ्कलन गरिरहेको वडा कार्यालयले अहिले मालपोतको राजस्व पनि सङ्कलन गर्न थालेपछि सेवा प्रभावकारी बनेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार नगरवासीलाई सहज सेवा दिन मालपोत भूमिकर वडाबाटै लिने व्यवस्था गरिएको हो ।

मालपोत कार्यालयमा एक दिनको समय बिताएर घरजग्गाको राजस्व बुझाउन जानुपर्ने समस्या स्थानीयले भोग्दै आइरहेकामा वडाबाटै सेवा प्रवाह सुरु गरेपछि धेरै सजिलो भएको रामपुर–९ का वडाध्यक्ष डिलबहादुर रानाले बताए ।

नगरपालिकाको केन्द्र तथा मालपोत कार्यालयदेखि टाढा रहेको रामपुर–९ का स्थानीयले मालपोतको राजस्व शुल्क बुझाउन एक दिनको समय खर्चनुपर्नेछ ।

मालपोत कार्यालय बेझाड बजारसम्म आवतजावतका लागि यातायात खर्च, एक दिनको समय बिताउनुपर्दा स्थानीयले निकै सास्ती झेल्दै आएका थिए । दिनभरको समय बिताएर राजस्व बुझाउदै आएका स्थानीय वडा कार्यालयमा छिटो छरितो सेवा पाउँदा दङ्ग छन् ।

सूचना प्रविधिलाई व्यवस्थित गर्दै कर्मचारीको सिकाइमा दक्षता वृद्धि गरी सहजरुपमा सेवा दिन वडा कार्यालयबाट मालपोतको राजस्व सङ्कलन गर्ने व्यवस्था गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । नगरवासीलाई स्थानीय सरकारको प्रत्याभूति दिन नगरपालिकाले सेवा प्रवाहलाई सहज बनाउँदै गएको छ ।

नगरपालिकाको कार्यालय, मालपोत कार्यालयबाट दिइने सेवा वडा कार्यालयबाट दिने व्यवस्था गरेको छ । साथै ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता बैंकको पहुँचदेखि टाढा रहेका वडाबाट वितरण गर्न थालिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १० : ५० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित