युद्धबिराम सकिएलगत्तै इजरायलद्वारा गाजामा आक्रमण « Khabarhub

युद्धबिराम सकिएलगत्तै इजरायलद्वारा गाजामा आक्रमण


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायल र हमासबीच विगत केही दिनदेखि जारी युद्धविरामको म्याद सकिएपछि इजरायलले गाजा पट्टीमा फेरि आक्रमण सुरु गरेको छ ।

हमाससँग युद्धविराम जारी राख्ने सहमति नभए पछि इजरायलले यो आक्रमण गरेको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले पनि यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हमासले युद्धविरामको उल्लङ्घन गरेको छ र इजरायली क्षेत्रतर्फ गोलीबारी गरेको छ, त्यसपछि मात्र हामीले आफ्नो कारबाही सुरु गर्‍यौँ।’

यो घोषणा सेनाले गाजाबाट प्रहार गरिएको रकेटलाई रोकेको बताएको केही समयपछि आएको थियो, जुन युद्धविरामको पहिलो दिन केही मिनेटमै मिसाइलहरू प्रहार गरिएको थियो। गाजा भित्र रहेका एक एएफपी पत्रकारले भने कि इजरायली युद्धक विमानहरूले धेरै आक्रमणहरू गरेका छन र गाजा शहरमा गोलाबारी भएका छन् ।

स्मरण रहोस, हमास र इजरायल बीच जारी युद्धविरामको क्रममा मानिसहरूको निरन्तर आदानप्रदान भएको थियो। युद्धविरामको अन्तिम मिनेटमा हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ। गाजा पट्टीमा रिहा भएका ६ जना इजरायली बन्धक बिहीबार राति इजरायल फर्किएका छन् । 

इजरायली प्रधानमन्त्रीको कार्यालयले युद्धविरामको विस्तार समाप्त हुनुभन्दा केही घण्टा अघि ६ जना बन्धकहरू फर्किएको बताएको छ। यो उल्लेखनीय छ कि हमासद्वारा रिहा गरिएका यी बन्धकहरूमा चार वयस्क, एक किशोरी र एक १८ वर्षीय पुरुष छन्। यसबारे मध्यस्थकर्ता कतारले उरुग्वे, मेक्सिकन र रुसी दोहोरो नागरिकता भएका नागरिक रहेको बताएको थियो । फ्रान्सेली–इजरायली दोहोरो नागरिकसहित दुई महिलाको रिहाई पछि ६ पुरुषको रिहाई भएको हो । 

यसरी बिहीबार मात्रै रिहा भएका कुल बन्धकको संख्या ८ पुगेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित