सहकारीले लगानी गर्दा रोजगारमूलक उत्पादनमा जोड दिनुपर्छ : मन्त्री लम्साल  « Khabarhub

सहकारीले लगानी गर्दा रोजगारमूलक उत्पादनमा जोड दिनुपर्छ : मन्त्री लम्साल 


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सहकारीले लगानी गर्दा रोजगारमूलक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले अब नेपालमा सञ्चालित सहकारी संस्थाहरूले पुरानो ऋण लगानीलाई परिवर्तन गर्दै लैजानुपर्ने पनि बताए ।

बुधबार बागमती प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएर बचत तथा ऋणको कारोबार गर्दै आएको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३० औँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री लम्सालले सहकारी संस्थाले ऋण लगानी गर्दा उत्पादनमा जोड दिनुपर्ने बताए ।

उनले सहकारीको माध्यम बाट जनताको जीविकोपार्जनमा टेवा पुर्‍याउनुपर्ने बताउँदै सहकारीले सीमित कर्मचारीलाई रोजगार दिनुभन्दा पनि अब शेयर सदस्यलाई पनि आत्मनिर्भर बनाउन तर्फ लगानी वृद्धि गर्दै श्रमिक उत्पादन गरेर रोजगार सिर्जना गर्नुपर्ने धारणा राखेका थिए ।

दोलखा सहकारी क्षेत्रको रूपमा देशकै नमूना जिल्ला भएकाले यहाँका सहकारी सङ्घ संस्थाले एकीकृत पुँजी निर्माण गरेर निजी क्षेत्र लगानी वृद्धि गर्दै रोजगार वृद्धि गर्नुपर्ने मन्त्री लम्सालको भनाइ छ ।

साधारणसभालाई सम्बोधन गर्दै उनले दोलखालाई धार्मिक तथा पर्यटकीय जिल्लाको रूपमा विकास गर्न बागमती प्रदेश योजना बनाएर काम गरिरहेको बताए ।

मन्त्री लम्सालले प्रदेश राजधानीबाट दोलखा टाढाको जिल्ला भएकाले प्रदेशले गर्ने कामकाज र सेवा जिल्लाबाटै उपलब्ध गराउनको लागि जिल्ला एकीकृत सेवा कार्यालय स्थापना गर्न आफ्नो तर्फबाट पहल भइरहेको बताए ।

संस्थाका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षयता सम्पन्न साधारणसभामा संस्थाको हालसम्मको प्रगति विवरण आयव्यय अध्यक्ष चौलागाईंले साधारणसभामा सार्वजनिक गरेका थिए। संस्थाको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म कुल सम्पत्ति तथा दायित्व २ अर्ब २५ करोड ६० लाख ८७ हजार ३ सय ९३ रुपैयाँ पुगेको छ ।

यस अवधिमा संस्थाको शेयर पुँजी १६ करोड ६७ लाख २४ हजार ९ सय रुपैयाँ छ भने कुल बचत निक्षेप १ अर्ब ६३ करोड ९ लाख ५३ हजार ५ सय ४१ रुपैयाँ रहेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा २१ करोड ९३ लाख ८५ हजार ९ सय १४ रुपैयाँ रहेको छ ।

कुल १ अर्ब ८२ करोड २७ लाख ९८ हजार ७ सय ९३ रुपैयाँ ऋण लगानी गरेको सहकारी संस्थामा २७ हजार ६ सय ८ जना शेयर सदस्य र १० हजार ३ सय ३५ जना बाल सदस्य रहेका छन् ।

जनसचेतन साकोसको गत आर्थिक वर्षको तुलनामा ६ दशमलव २० प्रतिशतले आम्दानी वृद्धि गरेको अध्यक्ष चौलागाईंले बताए । त्यस्तै संस्थाको कुल आम्दानी २६ करोड ७१ लाख ६१ हजार ८ सय १० रुपैयाँ पुगेको छ । आम्दानीसँगै खर्च पनि गत आर्थिक वर्षको तुलनामा १२ दशमलव ७ प्रतिशतले वृद्धि भएको जनसचेतन साकोसले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन उल्लेख गरिएको छ ।

सहकारीको विभिन्न शीर्षकमा २४ करोड ८५ लाख ५३ हजार ५ सय ७६ रुपैयाँ खर्च भएको पाइएको छ । साधारणसभाको अवसरमा संस्थाले विभिन्न विधान शेयर सदस्यलाई सम्मान गर्नुको साथै जेष्ठ सदस्यलाई स्टिलको लौरो वितरण गरेको थियो । साथै संस्थाले सदस्य सुरक्षा कोष कार्यक्रम मार्फत सदस्य को मृत्यु पश्चात् परिवारको आर्थिक सुरक्षा गर्ने अभिप्रायले मृत्यु हुँदा आश्रित परिवारलाई ५ हजारदेखि ४० हजारसम्म प्रदान गर्दै आइरहेको छ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघका महासचिव भिमप्रसाद दाहाल, जनमुखी साकोषका उपाध्यक्ष गीताकृष्ण शर्मा लगायतले साधारणसभालाई सम्बोधन गरेका थिए ।

सुबास बस्नेत

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ५ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित