इजरायली आक्रमणमा १० हजार बढी प्यालेस्टाइनीको मृत्यु « Khabarhub

इजरायली आक्रमणमा १० हजार बढी प्यालेस्टाइनीको मृत्यु


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजापटटी– इजरायली आक्रमणमा परी अहिलेसम्म १० हजार प्यालेस्टाइनीको ज्यान गएको छ । इजरायलले करिब एक महिना अघि सुरु गरेको सैन्य आक्रमणमा परी गाजामा १० हजार भन्दा भन्दा बढी मानिस मारिएका हुन ।

प्यालेस्टिनी एन्क्लेभमा रहेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार यो प्रारम्भिक रिर्पोट हो, यसरी मारिनेको संख्या अझै यकिन गर्न बाँकी रहेको छ ।

इजरायलले अक्टोबर ७ मा इस्लामवादी लडाकु समूहले क्रूर आक्रमण गरेपछि हमास विरुद्ध युद्धको घोषणा गरेको थियो । हमास आक्रमणमा परी इजरायलमा १४ सय मारिएका थिए भने २४० भन्दा बढीलाई अपहरण गरिएको थियो ।

इजरायलले गाजामा हवाई र जमिन आक्रमण गरेर लडाकु समूहलाई हटाउने वाचा गर्दै बदला लिन सुरु गरे पछि १० हजार भन्दा बढी प्यालेस्टाइनीको ज्यान गएको सिएनएनले जनाएको छ । 

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सोमबार भन्यो कि उसले गत २४ घण्टामा हमासका सयौँ लक्ष्यहरूमा आक्रमण गरेको छ र गाजाको एक सैन्य परिसरलाई नियन्त्रणमा लिएको छ।

एन्क्लेभ भित्र सप्ताहन्तमा काटिए पछि गाजाका केही भागहरूमा सञ्चार सेवाहरू बिस्तारै पुनर्स्थापित भइरहेको छ। रमल्लाहमा रहेको प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले भने, औसतमा, मानवीय सहायता बोकेका करिब ३० ट्रकहरू प्रत्येक दिन सीमाबाट गुज्रिरहेका छन्। 

यद्यपि, यसमा अझै पनि इन्धन आपूर्ति समावेश छैन।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित