ब्याजदर  वृद्धिविरुद्ध आन्दोलनको चेतावनी « Khabarhub

ब्याजदर  वृद्धिविरुद्ध आन्दोलनको चेतावनी


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– उद्योगी व्यवसायीहरूले बैंकले आफूखुशी जथाभावी बैंकको ब्याजदर  वृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच मंगलबार भएको एक समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बैंकले आफूहरूसँग कुनै सल्लाह नै नगरी मनमानी ढंगले ब्याजदर वृद्धि गरेकोले आफूहरू आन्दोलनको तयारीमा रहेको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरजकृष्ण वैद्यले बैंकहरूले नेपाल सरकार, नेपाल राष्ट बैंकलाई समेत वेवास्ता गरी जथाभावी ब्याजदर वृद्धि गरिरहेकोले आन्दोलनको तयारी थालेको सुनाए । हामी उद्योग वन्द गरेर आन्दोलन थाल्ने योजनामा छौं, उनले भने, सुरुमा काठमाडौंका ठूल्ठूला उद्योगहरू बन्द गर्न सुरु हुनेछन् ।

उनले महासंघको आन्दोलनलाई साथ दिन सबै उद्योगीव्यवसायीहरुसँंग अनुरोध गरे । सुरुमा काठमाडौंका ठूल्ठूला उद्योग व्यवसायीहरुले उद्योग वन्द गरेर विरोध हुन थालेपछि जिल्लास्तरमा पनि उद्योग बन्द गरेर सहयोग गर्न उनको अपिल थियो ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बैकको व्याज तिर्न नसकेको भन्दै धितो लिलामी नगर्न बैंकहरुलाई चेतावनी दिए । बैंकले आफनो मात्रै नाफा हेरेर जथाभावी ब्याजदर वृद्धि गरेको आरोप उनको थियो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आन्तरिक तथा पर्यटकलाई चितवन घुम्न आउन आह्वान गरे । यही आह्वानलाई साकार रुप दिन भरतपुर भ्रमण वर्ष २०२४ गर्न लागेको जानकारी उनले गराए ।

कार्यक्रममा दुई संघवीच भाइचारा, समझदारी वृद्धि र सहयोग आदानप्रदानको लागि सहमति गरी हस्ताक्षर गरिएको थियो । समझदारीपत्रमा भक्तपुर शाखाकोतर्फबाट अध्यक्ष शिवप्रसाद मानन्धर र चितवन शाखाकोतर्फबाट अध्यक्ष चुननाारायण श्रेष्ठले हस्ताक्षर गरे ।

दुई संघवीच भ्रातृत्व सम्बन्ध कायम गर्ने सम्बन्धमा विभिन्न बुँदाहरूमा लिखित सहमति भएको हो । उक्त उद्देश्य प्राप्तिका निमित्त भक्तपुर उद्योग वाणिज्य संघको सचिवालयमा समझदारीपत्रमा हस्ताक्षर गरी एकएकप्रति लिनेदिने कार्य सम्पन्न भयो । 

समझदारीपत्रमा पहिलो बुँदामा भक्तपुर र चितवन क्षेत्रको व्यापार तथा उद्योग विकासका लागि एकआपसको अनुभव र विशेषज्ञता आदानप्रदान गर्ने र सम्भव भएसम्म लगानी प्रवर्द्धनका लागि दुवै संघ सक्रिय रहनुका साथै सोसम्बन्धी स्रोतहरू खोजी गर्न क्रियाशील रहने रहेको छ ।

दुवै संघको सुदृढीकरण र आपसी सम्बन्ध बलियो बनाउन भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू र सचिवालयका कर्मचारीहरूबीच भ्रमण आदानप्रदान गर्ने र दुवै संघले संस्थागत विकासको क्रममा आर्जन गरेको अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै अन्य संघहरुको संस्थागत विकासका लागि आवश्यकताअनुसार संयुक्त पहल गर्ने बुँदा रहेको छ ।

साथै उद्योग वाणिज्य क्षेत्रको विकासका लागि राष्ट्रियस्तरमा आउने विभिन्न चुनौतीहरू सामना गर्ने क्रममा एकअर्कालाई हानिनोक्सानी नहुने गरी आपसी साझा दृष्टिकोण निर्माण गर्न प्रयत्न गर्ने र सम्बन्धित सूचना तथा प्रकाशनहरू आदानप्रदान गर्नुका साथै अवस्थाअनुसार आवश्यक भएमा उद्योग वाणिज्य क्षेत्रको विकासका लागि व्यावसायिक पैरवी गर्ने रहेको छ ।

दुवै संघहरुबाट उद्योग, व्यापार, कृषि, पर्यटन तथा सूचना प्रविधिको विषयमा विकसित नयाँनयाँ गतिविधिहरूको अनुभव र सूचना आदानप्रदान गर्ने र कार्यान्वयनमा सहकार्य गर्ने, दुवै संघले आयोजना गर्ने राष्ट्रियस्तरको औद्योगिक व्यापार मेलामा एकआपसमा सघाउने,     साना तथा मझौला व्यवसाय विकासलाई विशेष ध्यान दिई आआफ्नो अनुभव आदानप्रदान गर्ने बुँदा समझदारीपत्रमा रहेको छ ।

समझदारीपत्रमा भक्तपुर र चितवनका व्यवसायीहरूले आआफ्नो क्षेत्रमा उत्पादन गरेका वस्तुहरूको बजारीकरण तथा व्यापार प्रवर्द्धनका लागि दुवै संघले एकआपसमा सहयोग गर्ने, दुवै संघका सदस्यहरू लाभान्वित हुने गरी संघहरुले पहिचान गरेका अन्य क्षेत्रहरूमा समेत आवश्यकताअनुसार नीति निर्माण तथा कार्यक्रम तय गरी सञ्चालन गर्ने, दुवै क्षेत्रका कला, साहित्य, संस्कृतिहरुको विकास तथा प्रवर्द्धनमा आपसी सहयोग अभिवृद्धि गर्ने र माथि उल्लेखित बुँदाहरुबाहेक दुवै संघले पहिचान गरेको अन्य क्षेत्रहरूमा समान विचार बनाउन र कार्यक्रमको पहिचान गर्न सकिने गरी दशवटा बुँदाहरू रहेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ६ : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित