रेडक्रसद्वारा अस्थायी आवास बनाउन सहयोग « Khabarhub

रेडक्रसद्वारा अस्थायी आवास बनाउन सहयोग


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ ।

गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पुर्‍याएको थियो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि  शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो ।

त्यसैगरी ती दुई जिल्लाका ६ सय भूकम्प प्रभावित परिवारलाई १५ हजार रुपैयाँका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने रेडक्रसले जनाएको छ ।

सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनर्निर्माणमा सक्रियता देखाएको नेपाल रेडक्रसले गत असोजमा बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोगका लागि विभिन्न पालिकामा खटिएको हो ।

नेपाल रेडक्रस सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ सहायक धनबहादुर जप्रेलले भूकम्पपछि बझाङ र बाजुराका विभिन्न पालिकामा पुगेर स्थानीयलाई त्रिपाल, कम्बल, म्याटलगायतका गैरखाद्य राहत वितरण गरिएको जानकारी दिए ।

‘गत वर्ष हामीले डोटी र बझाङमा भूकम्प प्रभावित क्षेत्रमा निर्माण गरिदिएका घर टहरामै स्थानीयवासी आश्रित छन्’, उनले भने, ‘अहिलेको भूकम्पमा पूर्णरुपमा प्रभावित स्थानीयवासीको घर पुनर्निर्माणलगायतमा सहयोगका लागि पनि गृहकार्य हुँदैछ ।’

यस पटक गएको भूकम्पले बझाङमा जयपृथ्वी नगरपालिका, तल्कोट, मष्टा र साइपाल गाउँपालिकामा बढी क्षति पु¥याएको थियो भने बाजुरामा खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी र बुढीगङ्गा नगरपालिकामा क्षति पु¥याएको थियो ।

रेडक्रसका अनुसार गत महिनाको भूकम्पबाट बझाङमा कूल ९ हजार आठ सय ७६ परिवार प्रभावित छन् । तीमध्ये दुई हजार पाँच सय २२ परिवारको घरबास पूर्णरुपमा क्षतिग्रस्त छ ।

‘पूर्णरुपमा प्रभावितमध्ये आठ सय ७१ परिवार घर फर्किसके’, उनले भने, ‘यहाँ सात हजार तीन सय ५४ घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ ।’

त्यसैगरी बाजुरामा भूकम्पले ६ हजार एक सय ७८ परिवार प्रभावित भएका थिए । बाजुरामा एक हजार चार सय ४१ परिवार पूर्णरुपले प्रभावित बनेको रेडक्रसले जनाएको छ ।

रेडक्रसले बझाङमा चार सय १५ त्रिपाल र तीन सय ७७ कम्बल, म्याटलगायतका सामग्री वितरण गरेको छ भने बाजुरामा पाँच सय १५ त्रिपाल, चार सय १३ कम्बललगायतका सामग्री वितरण गरेको वरिष्ठ सहायक जप्रेलको भनाइ छ ।

गत वर्ष कात्तिकमा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा डोटीमा ६ जनाले ज्यान गुमाउनुका साथै स्थानीय सात जना घाइते भएका थिए ।

भूकम्पका कारण तहसनहस बनेको डोटीको पूर्वीचौकी गाउँपालिकामा सयौँ भौतिक संरचना पूर्णरुपले क्षतिग्रस्तसमेत बन्न पुगेको थियो ।

भूकम्पपछि आपत्कालीन राहतका साथै स्थानीयको घरटहरा पुनर्निर्माणमा जुटेको  रेडक्रस डोटी र बझाङमा भूकम्प पीडितका लागि तीन सय ३३ टहरा निर्माणमा सहयोग गरेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १० : ४२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित