उखु खेतीबाट मनग्य आम्दानी « Khabarhub

उखु खेतीबाट मनग्य आम्दानी


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् ।

छ वर्षदेखि उखु खेती गर्दै आएका रानाले वार्षिक रुपमा रु छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । टे«न्च प्रविधिमा रानाले उखु खेती गर्दै आएका छन् ।

चार बिघा जग्गामा रानाले उखु खेती गरेका छन् । ‘पाँच बिघा जग्गामध्ये एक बिघा जग्गा मेरो स्वामित्वको हो’, उनले भने, ‘एक बिघा जग्गामा धान र गहुँ लगायतका बाली लगाउँछु, चार बिघा जग्गा लिजमा लिएर उखु खेती गरेको छु ।’ चार बिघा जग्गामा एक हजारदेखि एक हजार सात सय क्विन्टलभन्दा बढी उखु उत्पादन हुने गरेको छ ।

‘उत्पादित उखु चिनी मिलले खेतबाटै गाडीमा ढुवानी गरिदिने गरेको छ । पैसा बैंक खातामा मिलले नै हालिदिन्छ’, उनले भने, ‘उखु लगाउने, गोडमेल गर्ने, सिँचाइ गर्ने, मलखादको व्यवस्था गर्ने, कटान गरी मुठा बाँधेर राख्ने काम मात्रै मैले मजदुर लगाएर गर्ने गरेको छु ।’

मजदुरको ज्याला, सिँचाइ, मलखाद, जोताइमा गरी रु एक लाखदेखि एक लाख ३० हजारसम्म खर्च आउने गरेको उनले बताए। घरमै बसी बसी आम्दानी हुँदै आएकाले यस खेतीलाई आधा दशकदेखि निरन्तरता दिँदै आएको उनले बताए । 

उनका अनुसार एकपटक लगाएपछि तीन वर्षसम्म उखुलाई सामान्य मिहिनेत गरी आम्दानी लिन सकिन्छ ।  ‘वैदेशिक रोजगारीबाट धेरै कमाई गर्न सकिन्छ भनेर नै गाउँकै साहुबाट रु तीन लाख कर्जा निकालेर वैदेशिक रोजगारीमा कतारमा दुई वर्ष बसेँ’, उनले भने, ‘मासिक रुपमा रु ५० हजार तलब पाइन्छ भन्ने दलालको प्रलोभनमा परेर त्यसतर्फ लागेको थिए, जब काम गर्न कम्पनीमा गए, त्यसपछि मात्रै महिनाको रु २० हजार तलब पाइने थाहा पाएँ ।’

मासिक रुपमा पाइने तलबमा खाना खर्च ब्यहोर्नु पर्ने भएकाले रु १५ हजार जति मात्रै बचत हुने गरेको विगत सम्झँदै उनले बताए। तलबको केही रकम बचत गरी साहुको ऋण तिर्न भ्याएपछि घर फर्केको उनले उल्लेख गरे । वैदेशिक रोजगारीमा गएको भए पनि घर फर्कँदा रित्तो हात फर्केको तीतो अनुभव उनले सुनाए । 

कम्पनीमा इलेक्ट्रोनिकसम्बन्धी काम सिकेकाले हाउस वाइरिङको काम गर्न थालेपछि केही रकम जम्मा गरी उखु खेतीलाई व्यावसायिक रुपमा गरेको उनको भनाइ थियो  । ‘उखु खेतीसँगै हाउस वाइरिङको काम पनि गर्छु,’ उनले भने, ‘श्रीमतीले सिलाइकटाइको काम गर्नुहुन्छ, उखु खेतीको आम्दानीसँगै श्रीमानश्रीमती दुवै जनाले गर्ने कामबाट वर्षमा रु तीन लाख जति अतिरिक्त आम्दानी हुन्छ ।’

‘विदेशमा भन्दा स्वदेशमै काम गरे परिवारसँगै बसेर सहज रुपमा आम्दानी लिन सकिन्छ’, उनले भने, ‘त्यसका लागि धैर्य, इच्छाशक्ति र लगनशीलताको खाँचो छ, व्यवसायमा थोरै लगानी गरेर पनि धेरै कमाउन सकिन्छ ।’

राना जस्तै कालागौँडी गाउँका ७० बढी किसानले व्यावसायिक रुपमा उखु खेती गर्दै आएका छन् । उखु खेती हुने गाउँका रुपमा परिचित कालागौँडीका किसानको वार्षिक आम्दानी रु तीन लाख देखि १२ लाखसम्म रहेको वडाअध्यक्ष नवल सिंह रानाले बताए।  ‘उखु खेती गर्दा बीउ, कृषि औजार, मलखाद र सिँचाइमा अनुदानको व्यवस्था गरिए उखुको उत्पादन बढ्न सक्छ’, उनले भने, ‘किसानको आम्दानी बढ्छ, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई स्वदेशमै रोक्न सकिन्छ ।’ 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ४ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित