फड्के किराको प्रकोपले धानबालीमा व्यापक नोक्सानी « Khabarhub

फड्के किराको प्रकोपले धानबालीमा व्यापक नोक्सानी


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाका किसानको धान रोपेको खेतमा खैरो फड्के किराले व्यापक नोक्सानी पुर्‍याएको छ ।

सो नगरपालिका-१, ६ र १२ का किसानको पाक्नै लागेको धानबालीमा फड्के किराको प्रकोप देखापरेको छ । फड्के किराले पात र डाँठको रस चुसेर खाँदा धानका बोट पाक्न नपाई मर्न थालेका छन् । धान पाक्नै नपाई मर्न थालेपछि उत्पादन घट्ने चिन्ता किसानलाई छ । 

वडा नं १ बन्साहाका किसान नरबहादुर कुवँरले पाँच कट्ठा जग्गामा लगाइको धान बाली फड्के किराका कारण सखाप भएको बताए । ‘धान पाक्नै लाग्दा किराको प्रकोप देखा पर्‍यो’, उनले भने, ‘हेर्दा हेर्दै दुई-तीन दिनमै पूरै धानका बोट मरेका छन् ।’ अरू खेतमा किरा सर्नबाट रोक्नका लागि विषादी छर्ने कार्य गरिरहेको उनले बताए । फड्के किराको प्रकोप देखा परेका क्षेत्रमा धानको उत्पादन २० देखि ३० प्रतिशतसम्म घट्न सक्ने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए ।

‘केही ठाउँमा किराको प्रकोपले पूरै धानबाली पाक्न नपाउँदै सुकेको छ’, उनले भने, ‘कुनै ठाउमा भर्खर किराको प्रकोप देखिएको छ, किसानलाई कृषि शाखाबाट निःशुल्क रुपमा फड्के किरा मार्नका लागि एजाडिराक्टिन र एसिफेट नामक विषादी वितरणको कार्य गरिरहेका छौँ ।’ 

किराको सङ्ख्या हेरी एक हप्ताको फरकमा विषादी छर्कनका लागि किसानलाई सल्लाह दिन थालेको जनाउँदै उनले किसानलाई धानका बिरुवाको फेदमा पर्ने गरी विषादी छर्कन लगाउन लागेको बताए। फडके किराको प्रकोप तीन वडामा बढी देखिए पनि फाटफुट रुपमा नगरपालिकाका १२ वटै वडामा देखिएको उनले बताए।

किसानले किराको प्रकोप हुन लागेका बेला सावधानी अपनाउन नसक्दा बढी क्षति ब्यहोर्नुपरेको उनले बताए। नगरपालिकाको खेतीयोग्य जग्गाको ९० प्रतिशत क्षेत्रमा धान खेती हुने गरको छ । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १२ : ५७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित