‘महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग राप्रपाको सम्बन्ध छैन’ « Khabarhub

‘महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग राप्रपाको सम्बन्ध छैन’


२१ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका महामन्त्री धवलशमशेर राणाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग आफ्नो पार्टीको कुनै सम्बन्ध नभएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बुधबार भएको यादवमाथिको आक्रमणमा संलग्न व्यक्तिको आफ्नो पार्टी राप्रपासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

यादवमाथि आक्रमण गर्ने व्यक्तिलाई लिएर राप्रपामाथि आक्षेप लगाउने प्रयास भइरहेको भन्दै उनले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए । 

यादवमाथि आक्रमण गर्ने व्यक्तिमाथि कारबाही गर्न माग गर्दै उनले भने, ‘आक्रमणपछि उनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा र एमसीसीको विरुद्धमा नारा लगाए । महेन्द्रजीले बोल्दा पनि उहाँले विरोध जनाइराख्नुभएको थियो । त्यो घटनाप्रति दुःख व्यक्त गर्छौँ । त्यो व्यक्ति हाम्रो पार्टीमा कुनै पनि हिसाबले संलग्न थिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हिंसाको राजनीतिमा न विश्वास गरेको थ्यो न त आउने दिनमा गर्छ । यो विषय प्रस्ट होस् ।’

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  २ : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित