अभिनेत्री दिव्या दत्ताको चलचित्र यात्रा यस्तो छ « Khabarhub

अभिनेत्री दिव्या दत्ताको चलचित्र यात्रा यस्तो छ


१६ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सहभागी हुन् नेपाल आएकी भारतीय अभिनेत्री तथा लेखक दिव्या दत्ताले आफ्नो चलचित्र यात्राबारे चर्चा गरिन् । बलिउडमा तीन दशक जिताइसकेकी अभिनेत्री दत्ताले नेपाली चलचित्र ‘वसन्ती’ र ‘माया नमार’ मा कामगरेकी हुन् ।

लेखक सुमित शर्मासँगको ‘दिव्या दत्तको चलचित्र यात्रा’ सत्रमा उनले नेपाली भाषा सुन्दर लाग्ने प्रतिक्रिया दिइन् । ‘म नेपाली भाषा छिट्टै सिकिरहेको छु, मलाई यहाँ घरभन्दा बाहिर आए जस्तो महसुस भएकै छैन्’, उनले भनिन्। ‘भाग मिल्खा भाग’, ‘वीरजारा’, ‘दिल्ली–६’, ‘ब्ल्याकमेल’, ‘जिप्पी’, ‘बद्लापुर’ लगायतका चलचित्रमा काम गरेकी अभिनेत्री दत्ताले बाल्यकालमा भारतीय अभिनेता अमिताभ बच्चनबाट प्रभावित भएको बताइन् । 

आमाबुबा चिकित्सक भएकाले उनलाई बाल्यकालमा सोही पेसामा आवद्ध हुन्छु भन्ने लागेको थियो । पढाइ राम्रो भएकाले विज्ञान पढ्ने दबाब हुँदा पनि उनले अङ्ग्रेजी साहित्य, मनोविज्ञान, दर्शन पढ्ने इच्छा गरिन् । 

‘मेरो बुबा म सानै छदा बित्नुभयो, त्यसैले आमालाई मनका कुरा भन्न सहज भए पनि भन्न सक्थिन्’, अभिनेत्री दत्ताले भनिन्। उनले ‘ट्यालेन्ट हन्ट’को सहभागिताका लागि निवेदन दिँदा चाहिने तस्बिर खिच्न भाइको सहारा लिइन्। त्यहाँ छनोट भएपछि भाइसँगै आमालाई आफ्नो सपनाबारे परिचित गराइन्। 

‘मैले र भाइले आट गरेर आमालाई भनेका थियौँ । उहासँग हामीलाई डर लाग्थ्यो, आमाले मलाई सपनाको उडान भर्ने सहमति दिनुभयो, यद्यपि मेरो अध्ययनलाई असर नपुग्ने गरी’, उनले भनिन्। यहीँबाट बलिउड यात्रा प्रारम्भ गर्नुभएको अभिनेत्री दत्ताले अभिनेत्री मनिषा कोइरालाका कारण काम पाए । उहाँको अनुहार मिल्दोजुल्दो देखिएपछि उस्तै खोजिका साथ् आउने निर्माताले काम दिन थाले । यसको उदाहरण ‘अग्निसाक्षी’ हो । 

‘मलाई अन्य अभिनेत्रीको छायाँ बन्नु थिएन, तर त्यसपछि काम गरेको केही चलचित्रमा मुख्य अभिनेत्रीको साथीको भूमिका पाएँ, सुरुआतमा काम देखाउँछु भन्ने लागे पनि पछि गन्तव्य देखिन’, अभिनेत्री दत्ताले भनिन् । 

‘वीरजारा’ जस्तो चलचित्रमा काम गरेर पनि आफूलाई परिचित गराउन असहज देखेपछि उहाँको यात्रा रोकिने अवस्थामा पुग्यो । सोही समयमा आमाले पाएको भूमिकालाई निर्वाह गरेर सङ्घर्ष गर्न सुझाएको अभिनेत्री दत्ताले सम्झिइन् । ‘आमाले चलचित्रमा निरन्तर काम गर्न दिएको सुझाव मानेर काम गरें, त्यही क्रममा मैले ‘दिल्ली ६’, ‘भाग मिल्का भाग’ जस्ता चलचित्रमार्फत आफूलाई प्रमाणित गरें’, उनले भनिन्, ‘अहिले वेब शृङ्खलासँगै चरित्रप्रधान चलचित्र बन्ने गरेका छन्, अहिले सङ्घर्ष गर्न पहिलेभन्दा सजिलो छ ।’

सफल अभिनेत्री बन्दै गर्दा उनले लेखनमा समेत आफूलाई अगाडि ल्याइन्। पहिलो पुस्तक ‘मि एन्ड माँ’ भित्र उनले आमासँगको सम्बन्धलाई शब्दमार्फत व्याख्या गरिन् । उनले काम र यात्रालाई सुन्दर बनाइदिने मानिसलाई लक्षित गर्दै दोस्रो पुस्तक ‘द स्टार्स इन माइ स्काइ’ तयार गरिन्। उनलाई आफ्नो शब्दको शक्ति महसुश भने पहिलो पुस्तकबाटै भएको थियो । 

‘मलाई एकदिन चन्डीगढको विमानस्थलमा एक महिलाले बोलाइन, मैले अभिनयको कुरा होला भन्ने ठानेको थिएँ, तर उनले तपाईंको आमासँगको सम्बन्धको किताब पढेँ, त्यसले मलाई आमालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्यायो भनिन्, त्यसपछि मैले पुस्तकको महत्व बुझें’, उनले भनिन्। यसरी आफूलाई अभिनेत्रीसँगै साहित्य क्षेत्रमा समेत परिचित गराउन सफल अभिनेत्री दत्ताले केही समय यता ओभर दी टप (ओटीटी) का लागि निर्माण हुने चलचित्र तथा शृङ्खलामा काम गरिरहेकी छन् ।

‘एउटा कलाकारका लागि महत्वपूर्ण कुरा हो धैर्य, लगाव र निरन्तरता, यो तीनै चिज भएपछि मात्र कलाकारितामा टिकिरहन सकिन्छ, यो क्षेत्र निकै अनिश्चत छ, भोलि के हुन्छ, कसैलाई थाहा हुन्न, सायद भोलि केही पनि नहुन पनि सक्छ, तर आफ्नो मनलाई जे कुराले खुसी बनाउँछ, त्यो काम भने गर्न छाड्नुहुन्न’, अभिनेत्री दत्ताले भनिन्। उनी तीन दिने महोत्सवअन्तर्गत विभिन्न सत्रमा सहभागी भएर विविध पाटोमा छलफल गरिरहेकी छन् ।

यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा शुक्रबार सुरु भएको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  १ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित