जनैपूर्णिमाका अवसरमा विशेष मेला « Khabarhub

जनैपूर्णिमाका अवसरमा विशेष मेला


१४ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– जनैपूर्णिमाका अवसरमा आज काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित तेमाल नारायणस्थान, बनेपाको गोसाइँस्थान र रोशीको ताराखसे लेकमा विशेष मेला लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसक्नेहरूले यहाँका तीर्थस्थलमा पुगेर पूजा एवं दर्शन गर्दछन् ।

पर्वका अवसरमा विभिन्न समुदायका मानिस तेमालस्थित नारायणस्थानमा पुगेर सत्यनारायण मन्दिरको दर्शन गर्दछन् । सो क्रममा झाँक्री भेषभुषामा सजिएर ढ्याङ्ग्रो बजाउँदै विभिन्न स्थानबाट तेमालस्थित सत्यनारायणको मन्दिर दर्शन गर्ने प्रचलन रहेको छ । हिन्दु धर्मावलम्बीले जनैपूर्णिमा र बौद्ध धर्मावलम्बीले गोन ङ्हयाकारुपमा यस पर्व मनाउने गर्दछन् । 

पर्वका अवसरमा तेमाल गाउँपालिकाले बुधबारदेखि भोलि तीन दिनसम्म सार्वजनिक बिदा दिएको छ । पोखरी नारायणस्थानमा रहेको सत्यनारायणको मन्दिरमा लाग्ने जात्राका लागि पालिकाभरिका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिइएको पालिकाले जनाएको छ ।

तेमालमा सांस्कृतिक पर्वका रुपमा मनाइने जात्राको अवलोकनका लागि पालिकासहित आसपासका पालिका एवं छिमेकी जिल्लाबाट समेत दर्शनार्थी र भक्तजन उपस्थित हुने भएकाले तीन दिनसम्म सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालले जानकारी दिए ।

त्यस्तै, बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लाग्ने जात्राका लागि आवश्यक तयारी भइसकेको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले बताए । परापूर्वकालदेखि लाग्दै आएको गोसाइँस्थान मेलामा बनेपा, धुलिखेल, पाँचखालसहित जिल्ला बाहिरबाट समेत दर्शनार्थीको घुइँचो लाग्ने गरेको उनले बताए।

रोशी गाउँपालिका–३ मा पर्ने ताराखसे लेकमा रहेको पोखरी आसपासमा पनि जनैपूर्णिमाका दिन मेला लाग्ने गर्दछ । यहाँ महाभारत, खानीखोला र रोशी गाउँपालिकाका नागरिक पुग्ने गर्दछन् । 

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  ६ : ०३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित