दराज एपमा ‘आस्क दराज’ च्याटबट सुविधाकाे सुरुवात « Khabarhub

दराज एपमा ‘आस्क दराज’ च्याटबट सुविधाकाे सुरुवात


१८ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको अग्रणी ई–कमर्स प्लेटफर्म दराजले ग्राहकहरूको सपिङ अनुभवलाई सरल बनाउन एआई सञ्चालित च्याटबट, ‘आस्क दराज’ लन्च गरेको छ ।

दराजमा माइक्रोसफ्ट एजुरी ओपन एआई सेवाको पछिल्लो सङ्घटनको घोषणा गरिएको हो । ओपन एआई को च्याटजीपीटीद्वारा सञ्चालित आस्क दराजले प्रयोगकर्ताहरूलाई एआई च्याटबटसँग स्वाभाविक रूपमा छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउँछ।

आस्क दराजले ग्राहकको आवश्यकताको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्नेछ। यसले ग्राहकहरूलाई उच्चस्तरीय अनुभवहरू प्रदान गरेर अफलाइन र अनलाइन किनमेल बीचको जानकारीलाई प्रस्ट पार्नेछ ।

दराज प्लेटफर्मका ब्रान्ड र बिक्रेताहरूले पनि आस्क दराजबाट लाभ उठाउन सक्छन् । आस्क दराजले सामानको दृश्यता बढाउन र नयाँ दर्शकहरूमाझ पहुँच पुर्‍याउन मद्दत गर्दछ |

यस बारेमा दराजका प्रमुख कार्यकारी अधिकृत बीआरके मिकेलसेनले भने ‘हाम्रो मिसन भनेको वाणिज्यको शक्ति मार्फत समुदायहरूलाई उत्थान गर्नु हो। यो हाम्रो लागि एउटा महत्त्वपूर्ण माइलस्टोन हो किनकि हामीले नयाँ बजार विस्तार गर्न टेक्नोलोजीको प्रयोग गरिरहेका गर्छौँ । बजारमा बढ्दो स्मार्टफोन अपनाउने दरको मूल्याङ्कन र त्यसमाथि हाम्रो एपमा माइक्रोसफ्ट एजुरी ओपन एआई सेवाको फाइदा उठाएर, ‘आस्क दराज’ ले थप प्रयोगकर्ताहरूलाई हामीसँग नजिक भई सपिङ अनुभवलाई सहज बनाउनेछ।’

उनले भने ‘हामी यस सेवाको क्षमता मार्फत दक्षिण एसियामा रिटेल क्षेत्रलाई रूपान्तरण गर्ने दराजको यात्रामा सहभागी हुन पाउँदा खुसी छौँ। ई-कमर्स ल्यान्डस्केपमा अग्रणी रूपमा प्रस्तुत भएको दराजले प्रडक्टको पहुँचलाई बढाएर, ग्राहकको संलग्नतालाई गहिरो बनाउँदै ३० मिलियन ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ | यसले एप भित्रको एकीकृत ‘डिस्कभर’ सुविधा मार्फत नयाँ ग्राहक सेगमेन्टलाई पनि ट्याप गर्ने लक्ष्य राखेको छ। यो रिटेल विक्रेताहरू र ई कमर्स प्लेटफर्महरूलाई नयाँ क्षेत्रहरूमा ध्यानाकर्षण गर्न र जेनेरेटिभ एआईको शक्तिले ग्राहक अनुभवलाई  सहज गर्न मद्दत गर्ने अर्को चरण हो।’

दराज नेपालले ईलेक्ट्रोनिक्स, सौन्दर्य, फेसन, स्वास्थ्य तथा थुप्रै अन्य प्रोडक्टहरुको अनलाइन व्यापार गर्दछ | १८००० भन्दा बढी बिक्रेताहरूको नेटवर्क, १.५  मिलियन सक्रिय एप प्रयोगकर्ताहरू र देशभरका १०८ शहरहरूको प्रभावशाली कभरेजको साथ दराज नेपालले ई-कमर्स परिदृश्यलाई द्रुत रूपमा परिवर्तन गरेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ३ : १४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित