वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोल्‍याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  कञ्‍चनपुरको कृष्णपुर नगरपालिका-२ घर भई हाल हाल ललितपुरको महालक्ष्मी नगरपालिका-१  बस्‍ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन्।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले  बानेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए।

जोशीले पोल्याण्ड पठाइदिन्छु भन्दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित