रसुवागढी नाकाबाट रू २९ अर्बको सामान आयात « Khabarhub

रसुवागढी नाकाबाट रू २९ अर्बको सामान आयात


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा –नेपालको उत्तरी नाका रसुवागढी हुँदै मालसामग्री आयात एवं निर्यात हुने क्रम बढ्न थालेको छ । गत वर्षको फागुनसम्म प्रायः शून्य रहेको निर्यात चैत १८ यता क्रमिक रूपमा बढ्न गई रु एक अर्ब ४३ करोड दुई लाख बराबरको नेपाली मालवस्तु चीनतर्फ निर्यात भएको छ ।

चीनतर्फ निर्यात भएका मालवस्तुमा चाउचाउ, धातु, तामा तथा आल्मोनियमका भाडा, ऊनी गलैँचा, कार्पेट, नक्कली गहना, फलामे भाडा, डस्ना, नक्कली कपाल, अगरबत्तीलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

तयारी कपडा, जुत्ता, चप्पल, सवारी साधन, मोबाइल, टेलिफोन, हाते झोला, सुति कपडा, मेशिनरी पार्टस, बिजुलीका तार सयौँ प्रकारका सामग्री चीनबाट आयात भएको छ । सो अवधिमा रू २९ अर्ब ९० करोड ४५ लाख बराबरको सामग्री नेपाल आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए ।

यस नाकाबाट दश लाख केजी दाँतेओखर आयात भएको छ । अन्य आयात सामग्रीमा अप्टिकल फाइबर केबुल, मोटर्स पार्टस्, चश्मा, बिजुलीका तार, मेशिनरी पार्टस्का साथै स्याउ, लसुन रहेका छन् । प्रमुख भन्सार अधिकृत पाठकका अनुसार नियमानुसारको मूल्याङ्कनबाट भन्सार शुल्कवापत रू आठ अर्ब २४ करोड ८३ लाख राजस्व असुली भएको छ ।

सवारी साधनतर्फ चीनमा निर्मित साना ठूला गरी कूल एक हजार दुई सय ८९ थान सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ । नेपालमा सञ्चालित जलविद्युत् आयोजनाको अधिकांश उपकरण रसुवागढीबाट आयात हुने गरेको सूचना प्रविधि अधिकृत निर्मल कँडेलले बताए ।

व्यापारीले चीनबाट आयात गरेका केही सवारीसाधन भने भन्सार हातामै रहेको र भन्सार प्रक्रिया पुर्याइ छुटाउने कार्य भने क्रमिक रूपमा अगाडि बढीरहेको जनाइएको छ । कोरोना सङ्क्रमणपश्चात गत चैत १८ गतेदेखि अर्थात् अप्रिल महिनाको १ तारेखदेखि नेपाली कन्टेनर सिधै केरूङ जान पाएपछि रसुवागढी नाकाबाट दुई हजारभन्दा बढी मालवाहक नेपाली ट्रक कन्टेनरले सामान बोकी केरूङ–काठमाडौँ ओेहरदोहर गरिसकेका छन् ।

नेपाली व्यापारीले आयात गरेका सवारीसाधनको मात्र मूल्याङ्कन गर्ने हो भने तीन अर्ब ८९ करोड ४२ लाख बराबरको हुन आउँछ । वर्षायामको बाढीपहिरो जस्ता समस्याले सडक मार्ग बिग्रने भएका कारण साउन भाद्र महिनाको ढुवानीमा भने केही मात्रामा कमी आउन सक्ने बताइएको छ ।

यद्यपी भन्सार विभागले तोकेको लक्ष्यभन्दा १२ प्रतिशत कम राजस्व सङ्कलन भएको छ । रु नौ अर्ब ३८ करोडको लक्ष्य राखिएकोमा गत आवमा आठ अर्ब २४ करोड ८३ लाख मात्र असुली भएको छ । यो लक्ष्यको प्रतिशत ८८ मात्र हो । चीनबाट आयात भएका जुत्तालगायतका माल सामग्री लोड भएका दुई सयभन्दा बढी ट्रक कन्टेनरको सामग्री व्यापारीद्वारा गत वर्ष जाँच पास गराउन बाँकी राख्दा राजस्व असुली कमी भएको बताइएको छ ।

गत वर्ष २०७९र८० को राजस्व असुली भने छ अर्ब ५५ करोड रहेको छ । विगत तीन आर्थिक वर्षको तुलनामा राजस्व असुलीमा केही कमी हुँदै गएको छ । तत्कालीन कार्यालय प्रमुख रामप्रसाद रेग्मी कार्यरत रहँदा आर्थिक वर्ष २०७६र७७ मा आठ अर्ब २७ करोड ७७ लाख राजस्व सङ्कलन भएको थियो भने आव २०७७र७८ मा तीन अर्ब ५४ करोड २७ लाख राजस्व मात्र असुली भएको जनाइएको छ । भन्सार कार्यालयले गत आवमा व्यापारीबाट २९ करोड जरिवाना असुलिएको छ ।

व्यापारीले आयात गरेका माल सामग्री जाँच पास गर्नु पूर्व गरिएको घोषणा परिमाणको विवरणमा तथ्य फरक पर्ने र लेखिएका र कन्टेनरमा भेटिएका परिमाणमा फेरबदल पार्ने गरेका कारण जाँचकीको प्रतिवेदन एवं नियमको प्रवधान अनुरूप जरिवानाको राजस्व असुल उपर गरिएको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १० : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित