भानुभक्तले समाजलाई भाषिक एकतामा आवद्ध गराए : ओली « Khabarhub

भानुभक्तले समाजलाई भाषिक एकतामा आवद्ध गराए : ओली


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भानुभक्त आचार्यले नेपाली समाजलाई भाषिक एकतामा आबद्ध गराएको बताएका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा अखिल नेपाल महिला सङ्घले आज दुई सय १०औँ भानु जयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा उहाँले भानुभक्त आचार्यले रामायण महाकाव्यबाट नेपाली समाजलाई असाधारण हिसाबले भाषिक एकतामा आबद्ध गराएको बताए ।

उनले नेपाली जनतालाई भाषिक एकतामा ल्याएर मुलुकको एकीकरणमा पनि भानुभक्तले योगदान पु¥याएको बताए ।

“उहाँको योगदान कुनै पनि कुराले कमजोर हुन सक्दैन । उहाँको योगदानलाई अवमूल्यङ्कन गर्न सक्दैनौँ । उहाँको मूल्याङकनलाई घटाएर हेर्न सक्दैनौँ”, उनले भने ।

नेपाली भाषामा रामायणमा उल्लेख गरिएको भक्तिरसका कृतिबाट सांस्कृतिक उत्थानका लागि मद्दत पु¥याएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले भानुभक्तका रचनामा प्रगतिशीलता, समाज सुधारको उद्घोष, आह्वानजस्ता कुरा नभए पनि रामायण काव्यको प्रभावले भानुभक्तले नेपाली समाजलाई जगाउने गुण लगाएको बताए ।

उनले भक्तिरसतर्फ समाजलाई डो¥याउने कुराले गर्दा अहिले राज्य कमजोर भएको बेला भक्तिरस र नैतिक रस हराएको ब । ताए

भानुभक्तका रचनामा समाजलाई मूल्यमान्यता, थिति, नैतिकतामा बाँध्नका लागि प्रयास गरेको देखिएको उनको धारणा थियो ।

बधुशिक्षाजस्ता काव्यको रचना गर्नु भानुभक्त आचार्यका लागि शोभनीय नभएको भन्दै उनले भानुभक्तका अरु कतिपय कृति पनि त्यति भाषाशैलीका हिसाबले भानुभक्तलाई सुहाउने किसिमको नभएको बताए ।

“भानुभक्तका रचनाको विश्लेषण गर्दा समाजका प्रचलित कुरालाई बोकेर समाजलाई परितर्वन गर्न सकिँदैन । भानुभक्तका रचनामा समाज परिवर्तनका अग्रगामी सन्देश त्यति पाइँदैन”, उनले भने, “यथास्थितिका काव्य पाइन्छन । परिवर्तनका सन्देश, सुधारका सन्देश त्यति पाइँदैन । असन्तुष्टि, पीडा छ । विद्रोह कम छ ।”

अध्यक्ष ओलीले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने अवस्था र आवश्यकता आएको बताए ।

कार्यक्रममा अनेमसङ्घका अध्यक्ष टुका हमालले भानुभक्तले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित