भ्रष्टाचारविरुद्धको अभियानबाट सरकार पछि हट्नुहुँदैन : महरा « Khabarhub

भ्रष्टाचारविरुद्धको अभियानबाट सरकार पछि हट्नुहुँदैन : महरा


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सूचना प्रविधिको क्षेत्रमा क्रान्ति भएको बताएका छन् । उनले प्रविधिको विकासले नागरिकको जीवनशैलाई सहज बनाएको बताएका छन् ।

प्रविधिले विश्वलाई एउटा गाउँमा सिमित गरिदिएको बताउँदै भने, “सूचना प्रविधिको विकासले विश्वा एउटा गाउँमा परिणत भएको छ, यसले समय र खर्चलाई समेत घटाएको छ” महराले भने ।

संवाद डबलीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वसंचारमन्त्री समेत भएका महराले सूचना प्रविधिको क्षेत्रमा आफूले १६ वर्ष पहिले गरेको कल्पना गरेको भन्दा विकास र प्रयोग अझ अघि बढेको बताए ।

महराले आफूले ‘घरघरमा इन्टरनेट, हातहातमा मोबाइल’ नारा तय गर्दा धेरैले विश्वास नगरेको बताउँदै भने, “मैले १६ वर्ष पहिले संचार मन्त्रालयको नेतृत्व गरेपछि संचारमा क्रान्ति गर्न ‘घरघरमा इन्टरनेट, हातहातमा मोबाइल’ को लक्ष्य राखियो । कतिपयले मलाई फोन गरेरै यो सम्भव छैन भन्नुभएको थियो । तर, अहिले त्यो भन्दा पनि माथि पुगेको छ ।”

सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर आफ्ना नीति तथा कार्यक्रममा समेटेको महराले बताए ।

प्रवक्ता महराले सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताउँदै नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणसम्म पुग्दा त्यो पुष्टी भएको दाबी गरे । उनले सरकार विभिन्न समयमा भएका यस्ता काण्डहरुको एकपछि अर्को फाइल खोल्ने बताए ।

नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भौगोलिक अवस्थाका कारण नेपालका सबै क्षेत्रमा दूरसंचारको विकास हुन नसकेको बताए । उनले इन्टरनेट सुपरहाइवे भएको बताउँदै खनालले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को लक्ष्य पूरा गर्नुपर्ने दायित्व सबै सरोकारवालाहरुको भएको बताए ।

त्यसैगरी अध्यक्ष खनालले उपभोक्ता पनि सचेत हुनुपर्ने बताउँदै सम्झौताअनुसारको सेवा नदिए प्राधिकरणमा जानकारी वा उजुरी गर्न आग्रह समेत गरे । सेवा प्रदायकलाई घचघचाउन समेत सेवाग्राहीलाई आग्रह गरे । उनले २०२३ सम्म नेपालका सबै क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याइसक्ने लक्ष्य दिएको जानकारी समेत गराए ।

कार्यक्रममा नेपाल टेलिकमकी सिसिओ संगिता पहाडीले १४ वटा पालिकाबाहेक सबै पालिकामा एनटिसीको सेवा पुगेको जानकारी दिइन् । पहाडीले भौतिक संरचना र विद्युत नपुगेकाले पनि सबै ठाउँमा सेवा पुग्न नसकेको बताइन् ।

नेपाल टेलिकमले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को लक्ष्यलाई पूरा गर्ने गरी अगाडि बढेको जानकारी दिइन् । नेपालको पहिलो र सरकारको स्वमित्व भएकोले नेपाल टेलिकम जिम्मेवार भएर सेवा प्रवाह गरिरहेको बताए ।

एनसेल आजियाटा लिमिटेडको तर्फबाट मुनेश पोखरेलले नीजि क्षेत्रको अग्रणी संस्था भएकोले एनसेलले सरकारको नीति तथा ऐनको पालना गर्दै सेवा प्रवाह गरिरहेको बताए । उनले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को लक्ष्यमा एनसेलको पूर्ण साथ रहेको समेत बताए । उनले सेवाग्राहीको गुनासोलाई सिस्टमबाट सम्बोधन भइरहेको बताउँदै त्यसबाट पनि समाधान नभएको गुनासो आए समाधान गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।

इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन लिमिटेडको तर्फबाट चन्द्रमणी नेपालले सेवा विस्तारसँगै गुणस्तरलाई पनि ध्यान राखेको बताए ।

“सरकारको डिजिटल नेपाल फ्रेमवर्कमा साथ दिँदै सेवा विस्तार गरिरहेका छौं । हामीले सेवालाई गाउँगाउँसम्म पु¥याउँदै छौं” नेपालले भने । गुणस्तरिय सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताउँदै गुनासो गर्न सेवाग्राहीलाई आग्रह समेत गरे ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ०७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित