मनकामना मन्दिरको धर्मशालामा विवाद  « Khabarhub

मनकामना मन्दिरको धर्मशालामा विवाद 


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउनका लागि गुठी संस्थानले बोलपत्र खुलाएपछि विवाद सुरु भएको छ ।

मन्दिर अगाडि रहेको धर्मशालामा गुठी संस्थानले व्यवसाय सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेपछि स्थानीयवासीले विरोध गरेका हुन् ।

धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा गरी धर्मशाला सञ्चालनमा ल्याउनुपर्ने  जनाउँदै श्री मनकामना माई गुठीका गुठियार र स्थानीयवासीले विरोध गरेको स्थानीयवासी दिनेश श्रेष्ठले जानकारी दिए ।

मनकामना क्षेत्र विकास समितिले मन्दिरको गुरुयोजनामै धर्मशालामा भक्तजनलाई सुलभ मूल्यमा बसोबासका लागि व्यवस्था मिलाउने योजना प्रस्ताव गरेको भन्दै पुनः व्यक्तिलाई दिएर व्यवसाय सञ्चालन गर्न खोज्नु गलत भएको स्थानीयवासीको भनाइ छ ।

मनकामना गुठीले यही असार २ गते होटेल सञ्चालनका लागि भन्दै गरिएको बोलपत्र रद्द गर्न गुठी संस्थानलाई पत्र पठाएको मनकामना गुठीका प्रमुख भीमबहादुर श्रेष्ठले बताए ।

‘धर्मशाला हाल जीर्ण भइसकेको र विसं २०७२ को भूकम्पपश्चात् प्राविधिक जाँचका क्रममा रातो चिह्न लगाई जोखिमपूर्ण निर्धारण भएको भन्दै धर्मशालालाई पुनर्निर्माण गर्नुपर्ने भनेर संस्थानलाई जानकारी गराइसकिएको भए पनि मर्मत गर्नुको साटो उल्टै पुनः बोलपत्रको आह्वान गर्नु सरासर जनमतको खिलाफ हो’, मनकामना गुठीले संस्थानलाई पठाएको पत्रमा भनिएको छ ।

पत्रमा भवनलाई पुनः व्यापारिक प्रयोजनमा ल्याउन खोजे मनकामना गुठी परिवार तथा सम्पूर्ण जनसमुदाय कडा प्रतिकारमा उत्रन बाध्य हुने उल्लेख गरिएको छ ।

विसं  २०७२ को गोरखा भूकम्पपछि मनकामना मन्दिर जीर्णोद्धारसँगै धर्मशालालाई पनि धर्मशालाकै रूपमा विकास गरी भक्तजनलाई सेवा सुविधा दिने गरी गुरुयोजना तयार भएको स्थानीयवासीको भनाइ छ ।

गुरुयोजनाअनुसार धर्मशाला पछाडि रहेको स्थानलाई समेत समेटेर वनभोजस्थलका रूपमा विकास गर्ने लक्ष्य मनकामना क्षेत्र विकास समितिले राखेको छ । स्थानीयवासीको अनुरोध र आग्रहलाई बेवास्ता गर्दै पुनः बोलपत्र आह्वान भएकाले यसमा ठूलो आर्थिक चलखेल हुनसक्ने श्रेष्ठले बताए ।

चौतर्फी विरोध हुँदा पनि गुठी संस्थान यस विषयमा मौन बस्नु झनै शङ्कास्पद देखिएको उद्योग वाणिज्य सङ्घ मनकामना एकाइका अध्यक्ष हरि श्रेष्ठले बताए । उनले धर्मशालालाई पुनर्निर्माण गरी धर्मशालाकै रूपमा सञ्चालन गर्नुपर्ने भन्दै अब कुनै हालतमा अन्य व्यावसायिक प्रयोजनका लागि भाडामा लगाउन नदिने बताए ।

विगत ४० वर्षदेखि धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि भन्दै व्यक्तिलाई भाडामा दिएर आम्दानी गर्दै आएको थियो । संस्थानले व्यवसाय सञ्चालन गर्न जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरेसँगै मनकामनावासीले धर्मशालामा होटेल सञ्चालन गर्न नहुने भन्दै विरोध सुरु गरेका हुन् ।

गुठी संस्थानले मासिक न्यूनतम एक लाख भाडा तिर्नुपर्ने गरी धर्मशालामा व्यवसाय सञ्चालनका लागि बोलपत्र आह्वान गरेको हो ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ९ : ०८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित