कुष्ठरोगीको उपचारका लागि छुट्टै भवन « Khabarhub

कुष्ठरोगीको उपचारका लागि छुट्टै भवन


२७ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – इन्टरनेशनल नेपाल फेलोसिप (आइएनएफ)ले पोखराको नयाँगाउँस्थित हरियोखर्क अस्पतालमा आइलिन एण्ड बेट्टी सेन्टर भवनको स्थापना गरेको छ। कुष्ठरोगका बिरामीको उपचारमा थप सहजताका लागि हरियोखर्क अस्पतालले सो भवन निर्माण गरी शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो।

विसं २०१४ मा कुष्ठ प्रभावितको स्वास्थ्य समस्या तथा उपचार केन्द्रका लागि नयाँ गाउँमा हरियोखर्क अस्पताल निर्माण गर्ने तत्कालीन बेलायती नागरिक आइलिन लज र बेट्टी बेलीको स्मरणमा निर्माण गरिएको सो भवनमा ३० शय्या छन्। यससँगै अस्पतालमा एक सय शय्यामा कुष्ठरोगका बिरामीको उपचार हुने बताइन्छ।

हरियोखर्क अस्पतालमा छाला तथा कुष्ठरोग, मेरुदण्ड पक्षघात, कानसम्बन्धी रोगहरुको निदान, हाडजोर्नी, शारीरिक पुनःस्थापना सेवालगायतका उपचार सेवा प्रदान गर्दै आएको छ। आइलिन एण्ड बेट्टी सेन्टर भवन रु दुई करोड ७४ लाख ४९ हजार ७०४ लगायतमा निर्माण गरिएको आइएनएफका स्वास्थ्य सेवा निर्देशक डा अरुणकुमार बुढाले बताए। उनका अनुसार भवनमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोड ५० लाख, आइएनएफ युकेको रु एक करोड एक लाख १२ हजार र आइएनएफ क्यानाडको रु २३ लाख ३७ हजार ७०४ लगानी भएको छ।

सुविधासम्पन्न नयाँ भवन निर्माण र शय्या वृद्धि भएसँगै बिरामीको उपचारमा सुविधा पुग्ने अस्पतालले जनाएको छ। आइएनएफले विसं २००९ देखि नेपालका गरिब तथा सुविधाबाट वञ्चित नागरिकको जीवनमा सहजता ल्याउने उद्देश्यले विपन्न र विकट समुदायमा स्वास्थ्य तथा विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आइएनएफले पोखरा, बाँके र सुर्खेतमा अवस्थित आफ्ना तीन अस्पतालमा विभिन्न उपचार सेवा प्रदान गर्दै आएको छ। हाल हरियोखर्क अस्पताल कुष्ठरोगको उपचारका लागि पर्यायवाची बनेको छ। हरियोखर्क अस्पताललाई अपाङ्गतामा आधारित पाँच सय शय्याको विशिष्ट अस्पालको रुपमा विकास गर्दै लैजाने भावी कार्यक्रम रहेको बताइन्छ। आइएनएफले शून्य कुष्ठरोग रणनीतिसमेत सार्वजनिक गरेको छ।

आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न संस्थाले रणनीतिक योजना तयार गरेको बताए।

सरकारको अभियानलाई आइएफनले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको अध्यक्ष तिमोथीले बताए। नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न उनीहरूलाई पुनःस्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याई मुलुकलाई राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भएको घोषणा गर्ने स्थितिसम्म ल्याई पुर्‍याउन आइएनएफले योगदान गरेको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  १० : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित