ओडिशामा रेल दुर्घटना : मृतकको संख्या २८३ पुग्यो « Khabarhub

ओडिशामा रेल दुर्घटना : मृतकको संख्या २८३ पुग्यो


२० जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– ओडिशाको बालासोरमा भएको दर्दनाक दुर्घटनाले सबैलाई असह्य बनाएको छ। 

प्राप्त जानकारी अनुसार अहिलेसम्म २ सय ८३ भन्दा बढीको मृत्यु भइसकेको छ भने १ हजार भन्दा बढी घाइतेको खबर आइरहेको छन् । 

भारतीय रेलवेका प्रवक्ता अमिताभ शर्माले यस रुटमा आर्मर सिस्टम उपलब्ध नभएकाले सम्भावित दुर्घटनाबाट बचाउन नसकिएको बताएका छन् । यो दुर्घटनापछि फेरि कबच चर्चामा आएको छ । किनभने, रेल मन्त्रालयले गत वर्ष कवाच प्रविधिको परीक्षण गरेको थियो।

यो प्रविधिले शून्य दुर्घटनाको लक्ष्य हासिल गर्न मद्दत गर्ने रेलवेको दाबी छ। यसबाट सिग्नल जम्प गर्दा ट्रेन स्वतः रोकिनेछ। तर, यो प्रविधि देशभर जडान गरे पछि ५० लाख रुपैयाँ प्रतिकिलोमिटर लाग्नेछ, त्यसैले यो महँगो पनि छ ।  जानकारीका अनुसार यो प्रणालीले हेड अन कोलिजन, रियर एन्ड कोलिजन र सिग्नल ह्याजार्ड जस्ता तीन अवस्थामा काम गर्छ।

कबचले ब्रेक फेल भएको अवस्थामा ब्रेकको स्वचालित अनुप्रयोगद्वारा ट्रेनको गतिलाई नियन्त्रण गर्दछ। यसले उच्च फ्रिक्वेन्सी रेडियो कम्युनिकेसन प्रयोग गरेर गतिको जानकारी दिन्छ । जुन एसआईएल (सुरक्षा अखंडता स्तर – ४)  अनुसार नै सुरक्षा प्रमाणनको उच्चतम स्तरबाट काम गर्छ । प्रत्येक ट्र्याकको लागि ट्र्याक र स्टेशन यार्डमा आरएफआईडी ट्यागहरू दिइन्छ, जसले ट्र्याक, ट्रेनहरूको स्थान र ट्रेनको दिशा पहिचान गर्न संकेतहरू दिन्छ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  २ : ३४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित