बजेटप्रति मोरङका उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया « Khabarhub

बजेटप्रति मोरङका उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया


१६ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको वार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवम् व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् । मोरङ व्यापार सङ्घको कार्यालयमा उद्योगी एवम् व्यापारीहरुले सञ्चारकर्मीसामु बजेट भाषणको अन्त्यमा मिश्रित प्रतिक्रिया दिएका थिए ।

आव २०८०/८१ का लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट विगतकोभन्दा केही कम भएपनि बजेटले धेरै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने जनाइएको थियो । मल कारखाना खोल्न विस्तृत योजना प्रतिवेदन तयार गर्ने, सङ्घीय कृषि ऐन निर्माण तर्जुमा गरिनेजस्ता विषय बजेटमा समेटिएकाले कृषिका आधुनिकीकरण र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको थियो ।

छत्तीस वस्तुको निर्यातमा अनुदान दिने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा विकास गर्ने, ३० प्रतिशत उत्पादन निर्यात गर्ने उद्योगलाई विशेष आर्थिक क्षेत्र सेजमा जग्गा उपलब्ध गराउनेलगायत घोषणाले उद्योगी व्यापारीहरुले यो सकारात्मक पक्ष रहेको उल्लेख गरेका थिए ।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट अन्तरराष्ट्रिय खेलमैदान निर्माण  गर्न बजेटको व्यवस्था हुनु खेलकुद क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने अपेक्षा गरिएको थियो ।

यस्तै निर्यात गर्ने सूचना प्रविधि क्षेत्रले आम्दानीको १० प्रतिशत सटहीको सुविधा पाउने, स्टार्ट अप प्रवद्र्धनका लागि रु एक अर्ब  २५ करोड बजेट छुट्याउनाले सूचना प्रविधि क्षेत्रले ठूलो फड्को मार्नाका साथै यस क्षेत्रमा रोजगारी सिर्जना हुने पनि जनाइएको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गरिने, नयाँ कम्पनी दर्तामा कुनै शुल्क नलिइने, ढुङ्गा, गिट्टी निर्यात गर्न दिइने बजेटको नीति अत्यन्त सकारात्मक पक्ष रहेको बताए ।

उनले विराटनगरको चक्रपथ र विशेष आर्थिक क्षेत्र तथा प्रदर्शनीस्थल निर्माणका लागि बजेटमा उल्लेख नहुन दुःखद भए पनि विराटनगर भन्सार  क्षेत्रमा पार्किङ र गोदाम घर निर्माण गर्ने कुरा सकारात्मक रहेको प्रतिक्रिया दिए । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले  प्रस्तुत बजेट सही ढङ्गले कार्यान्वयन भएमा  मुलुकको आर्थिक क्षेत्र चलायमान हुने धारणा व्यक्त गरे ।

उनले आयातलाई खुकुलो बनाउनु, नयाँ गाडी खरिद नगर्नु, पुराना सवारी साधन बिक्री गर्नु, विभिन्न किसिमका भत्ता केही समयका लागि बन्द गर्नु, नयाँ कर्मचारीहरु नियुक्त नगर्नु र उद्योगी एवम् व्यापारीका सुझाव कार्यान्वयन हुनु  खुसीको कुरा भएको बताए । मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष एवम् उद्यमी महेश जाजुले सबै कुरालाई समेट्ने गरी बजेट आएको बताउँदै मुलुकमा विदेशी मुद्रा सञ्चिति वृद्धिका कारण आगामी दिनमा देशको अर्थतन्त्रलाई आगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले सरकारले कित्ताकाट फुकुवा गर्नाले आर्थिक कारोबारमा निकै बढोत्तरी हुने विश्वास व्यक्त गरे । अर्का पूर्वअध्यक्ष पवन शारदाले निजी क्षेत्रको राजस्वमा र रोजगारमा ८० प्रतिशत योगदान रहे पनि निजी क्षेत्रलाई बजेटबाट सेवा र सुविधा प्राप्त नभएको गुनासो गरे ।

पर्यटन व्यवसायी भविष श्रेष्ठले प्रस्तुत बजेटमा धार्मिक तथा सांस्कृतिक एवम् पर्यटन क्षेत्रका पूर्वाधार निर्माण र विकासको घोषणाबाट छिमेकी देशका धार्मिक पर्यटकहरुको आगमन वृद्धि हुने विचार व्यक्त गरे ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  २ : ३४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित