बसाइसराइ, पुँजी र दक्ष जनशक्तिको विदेश पलायन प्रमुख चुनौती « Khabarhub

बसाइसराइ, पुँजी र दक्ष जनशक्तिको विदेश पलायन प्रमुख चुनौती


१५ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६औँ ‘गणतन्त्र’ दिवस  को शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन्

मुख्यमन्त्री कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सार्वभौम नेपाली जनताले यो ऐतिहासिक दिनलाई चिरस्थायी बनाउन सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आइरहेको तथ्य उल्लेख गरेका छन्। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

विभिन्न आन्दोलनमा घाइते, अपाङ्गता तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दै मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नयाँ संविधानको निर्माण, राज्यको पुनः संरचनासँगै प्रदेशहरूको नामकरण गरी तीन तहकै दोस्रो आवधिक निर्वाचन सम्पन्न भइसकेको उल्लेख  गरेका छन्।

विज्ञप्तिमा नागरिकको सेवा र विकास निर्माणका लागि सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा सङ्घीय संरचनाका तीनै वटै तहबीच समन्वय गर्दै अगाडि बढ्ने काम भइरहेको उल्लेख छ।

राज्यको पुनःसंरचना र आवधिक निर्वाचनमार्फत विगतमा सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमा आइपुगेको अनुभूति आम नागरिकले गर्न थालेको विज्ञप्तिमा मुख्यमन्त्री कार्कीले बताएका छन्।

“गणतन्त्रको स्थापनासँगै मुलुकमा विकास र समृद्धिको यात्रा प्रारम्भ भएको छ। भौतिक विकासतर्फ भएको उल्लेख्य प्रगति, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका नीतिगत र संरचनागत सुधारका प्रयास, नीति निर्माण तहमा बढ्दो समावेशी सहभागिता, विगतमा पछाडि पारिएको जाति, वर्ग र क्षेत्रलाई राज्यको मूलप्रवाहमा ल्याउन भइरहेको प्रयासहरू गणतन्त्रकै प्रतिफल हुन्। जसले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधार निर्माण गरिरहेको छ। पहाडी क्षेत्रको बढ्दो बसाइसराइ, शिक्षा र रोजगारीको नाममा भइरहेको पुँजी र दक्ष जनशक्तिको पलायन, बढ्दो बेरोजगारी, जनचाहनाअनुसारको शासकीय सुधार प्रमुख चुनौतीका रूपमा देखापरेको”, मुख्यमन्त्री कार्कीले भनेका छन्।

उनले यस्तो अवस्थामा हाम्रो सिङ्गो प्रदेश, प्रदेशभित्रका सबै राजनीतिक दल, नागरिक समाज र हामी सबै दाजुभाइ तथा दिदीबहिनी एक जुट भएर यी साझा चुनौती विरुद्ध लड्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि सबैमा हार्दिक आह्वान गरेका छन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ८ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित