अर्थतन्त्रबारे अनावश्यक भ्रम नछर्न प्रधानमन्त्री प्रचण्डको आग्रह « Khabarhub

अर्थतन्त्रबारे अनावश्यक भ्रम नछर्न प्रधानमन्त्री प्रचण्डको आग्रह


९ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रका बारेमा अनावश्यक भ्रम नछर्न आग्रह गरेका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र श्रीलङ्काको जस्तो हुने कुरा साँचो नभएको भन्दै अर्थतन्त्रका बारेमा आतङ्कित पार्ने झुटो कुरा कसैले गर्न नहुने बताएका हुन् ।

उनले अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशातर्फ अघि बढ्ने सङ्केत प्राप्त भएकाले सरकारको कार्यक्रम र बजेट अर्थतन्त्रलाई लयमा ल्याउनेमा केन्द्रित गरिने बताए ।

उनले अहिलेको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको भन्दै यसको विरोध गर्नुपर्ने कुनै कारण नभएको धारणा राखे । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय हितको रक्षा गर्दै समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने सर्वोपरि लक्ष्य हासिल गर्ने दृढ सङ्कल्पका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए।

आयात व्यवस्थापन र निर्यात प्रवर्द्धन, विकास निर्माण कार्यको निर्धारित लागत र समयमा सम्पादन, शासकीय सुधार तथा भ्रष्टाचार नियन्त्रण एवं सामाजिक न्याय र शान्ति सुरक्षा कायम गर्ने विषयलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम तयार पारिएको उनले बताए ।

त्यस्तै उनले आफ्नो निकट भविष्यमा हुने भारत भ्रमणका क्रममा समकक्षीसँग भेट हुने र राष्ट्रिय हितका साथै नेपाल भारत सम्बन्धका समस्यामा बारेमा पनि प्रस्ट ढङ्गले कुरा गर्ने बताए । भ्रमणका क्रममा मल कारखाना स्थापना गर्ने विषयमा पनि कुराकानी हुने उनको भनाइ छ ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रिय सभाको अर्को जेठ १४ गते आइतबार बोलाइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ५ : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित