पुँजीगत खर्च गर्ने क्षमता बढाउन मन्त्री शर्माको निर्देशन « Khabarhub

पुँजीगत खर्च गर्ने क्षमता बढाउन मन्त्री शर्माको निर्देशन


८ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिएकी छन् । मन्त्रालयमा आज आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले निर्धारित लक्ष्य पूरा गर्नेगरी काम गर्न निर्देशन दिइन् । 

‘तोकिएका ‘माइलस्टोन’ पूरा गरौँ, जे लक्ष्य निर्धारण गरेका छौँ, त्यो पूरा गर्ने दिशामा अगाडि बढौँ’, उनले भनिन्, ‘पुँजीगत खर्च नहुनुका कारण र समस्या छन्, तिनका बारेमा गम्भीर समीक्षा गरौँ ।’ मन्त्रालयले लिएको लक्ष्य पूरा गर्न सबै निकायले मेहनत गरिरहेको भए पनि लक्ष्य प्राप्त हुन नसकेकामा सबैले गम्भीर भएर सोच्नुपर्ने उनले बताइन् । 

मन्त्री शर्माले भनिन्, ‘सबैले मेहनत गरेका छौँ, तर लक्ष्यमा पुग्न सकेका छैनौँ, पुँजीगत खर्चको लक्ष्य भट्याउन स्पष्ट योजना ल्याउनुपर्छ ।’ अन्तरनिकाय समन्वय काय  नहुँदा मातहतका निकायका काम अगाडि बढाउन समस्या भइरहेको उनको भनाइ थियो । 

अघिल्लो त्रैमासिक समीक्षाका क्रममा व्यक्त भएका प्रतिबद्धता अझै पूरा नभएकामा असन्तुष्टि व्यक्त गर्दै उनले वार्षिक समीक्षाका क्रममा मन्त्रालयले लिएका लक्ष्य पूरा भएको अवस्थामा पुर्‍याउन निर्देशन दिइन् । 

राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतले पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि गरिनुपर्ने बताए। ‘एकतातिर बजेट पुगेन भन्छौँ, तर खर्च गर्न सक्दैनौँ, यसमा विविध कारण छन्’, उनले भने, ‘समन्वय र सहकार्यको संस्कृति बढाउनुपर्छ ।’ अन्तरमन्त्रालय समन्वय सहजीकरण भए निर्धारित लक्ष्य तोकिएको समयमै भेट्न सकिने उनको भनाइ छ । 

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बेरुजु फर्छ्योटमा तदारुकता देखाउन प्रमुखहरूलाई निर्देशन दिए। उनले पुँजीगत खर्च वृद्धि, राजस्व संकलन वृद्धि तथा बक्यौता उठाउने विषयमा ध्यान दिन निर्देशित गरे । डिजिटल नेपाल फ्रेमवर्कले लिएका लक्ष्य र उद्देश्य हासिल गर्न योजना आयोग र प्रधानमन्त्री कार्यालयले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रमिला आचार्यले प्रधानमन्त्री कार्यालयले दिएको कतिपय ‘माइलस्टोन’ कार्यान्वयन नै नभएको पाइएकाले आफूले सञ्चालन गर्न सक्ने योजना मात्रै समावेश गर्न आग्रह गरे । उनले अन्तरनिकाय समन्वयका लागि आर्थिक तथा पूर्वाधार हेर्ने सचिवको नेतृत्वमा रहेको निकायमार्फत समन्वय गर्न सुझाव दिए । 

कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखले प्राप्त उपलब्धि, समस्या र समाधानका लागि गरिदिनुपर्ने पहलका लागि आग्रह गरेका थिए । त्यसअघि बैठकमा मन्त्रालय मातहतका कार्यालयले पछिल्लो त्रैमासिकमा सम्पादन गरेका कामकारबाही, प्राप्त उपलब्धिका बारेमा सङ्क्षिप्त प्रस्तुति गरिएको थियो । 

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  २ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित