रोकिएको पूर्वगृहमन्त्री खाणसँगको बयान पुनः सुरु « Khabarhub

रोकिएको पूर्वगृहमन्त्री खाणसँगको बयान पुनः सुरु


२ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चो नभएको जनाएपछि सोमबार रोकिएको पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगको नक्कली भुटानी शरणार्थी प्रकरणका विषयको प्रारम्भिक बयान आज जारी राखिएको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सोमबार सुरु गरिएको उनीसँगको बयान सञ्चो नभएको जनाएपछि रोकिएको थियो । त्यसपछि सोमबार म्याद थपे लगत्तै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार अहिलेसम्म १२ जनासँग बयान लिने काम सकिएको र आज पूर्वगृहमन्त्री खाणसँगको बयान जारी रहेको छ । उनले अब सोमबार पक्राउ परेका पूर्वसभासद आङटावा शेर्पासँग मात्रै बयान लिन बाँकी रहेको जानकारी दिए।

यसअघि आइतबार खाणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो । उक्त घटनामा अहिलेसम्म खाण रायमाझी, पाण्डे र केसीसहित १४ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका दुई आरोपीहरू भने फरार छन् ।

भूटानी शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले नेपाली पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ ।

यस्तै उक्त घटनाका आरोपी काठमाडौँको टोखा बस्ने रामशरण केसी, मोरङ घर भएका गोविन्द चौधरीसहित उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका छन् । पक्राउ परेका डा राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृह मन्त्री रामबहादुर थापाका छोरा प्रतीक फरार छन् ।

शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले २० उनीहरू विरुद्ध जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी गरेको आरेप लगाएका छन् । उक्त घटनामा अझै धेरै पीडित भएको बताइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ९ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित