‘प्याराग्लाइडिङ’ प्रवर्द्धन गर्न होटल व्यवसायीले ल्याउँदै ‘प्याकेज’  « Khabarhub

‘प्याराग्लाइडिङ’ प्रवर्द्धन गर्न होटल व्यवसायीले ल्याउँदै ‘प्याकेज’ 


२ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवर्द्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धनको लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने तयारी गरेका हुन् ।

हिमालय फ्रन्ट्रेयर्स प्याराग्लाइडिङ प्रालिले सोमबार भरतपुरमा गरेको छलफल कार्यक्रममा होटल व्यवसायीले चितवनका नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न विभिन्न प्याकेज अघि बढाउने प्रतिबद्धता जनाएका छन् । होटल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले नयाँ पर्यटकीय गन्तव्यले पर्यटकलाई चितवनको बसाइ लम्ब्याउने भएकाले त्यस्ता गन्तव्यको प्रवर्द्धनमा होटल व्यवसायीले सघाउने बताए । ‘चितवनका लागि यो नितान्त नौलो र नयाँ गन्तव्य हो, यसले चितवनमा पर्यटक भित्र्याउन थप मद्दत पुग्छ’, उनले भने ।

उनले वैशाख १ गतेबाट भरतपुर-२९ चौकीडाँडाबाट सुरु भएको प्याराग्लाइडिङले चितवनको पर्यटनमा नयाँ आयाम थपिएको जनाउँदै यसलाई जोगाउन सबैको दायित्व भएको बताए । गत वैशाख १ गतेदेखि अनौपचारिकरूपमा उडान सुरु भए पनि प्याराग्लाइडिङको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरूपमा शुभारम्भ गरेका थिए ।

होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव हाडखोलेले भरतपुरका सबै होटलले प्याराग्लाइडिङको प्रवर्द्धनका सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘हामी भरतपुरवासीका लागि यो झनै खुसीको कुरा हो, आफ्नै ठाउँमा नयाँ गन्तव्यको सुरुआत हुनु गौरवको विषय हो’, उनले भने ।

हिमालय फ्रन्ट्रेयर्स प्याराग्लाइडिङका अध्यक्ष विजयबहादुर घलेले पहिलोपटक जिल्लामा सुरु गरिएको प्याराग्लाइडिङले चितवनको पर्यटनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले प्याराग्लाइडिङ प्रवर्द्धनका लागि सबै होटल व्यवसायीको साथ सहयोग आवश्यक रहेको भन्दै छिट्टै विभिन्न प्याकेज घोषणा गरिने बताए । उनले भने, ‘चितवनमा नयाँ पर्यटकीय गन्तव्यको विकास गरौँ भन्ने उद्देश्यले हामीले प्याराग्लाइडिङ सुरु गरेका हौँ, यो हाम्रोमात्र होइन, चितवनवासीको सम्पत्ति हो, यसलाई जोगाइराख्न सबैको सहयोगको खाँचो छ ।’

शुभारम्भको अवसरमा करिब ३० मिनेटको प्याराग्लाइडिङका लागि अहिले छ हजार शुल्क तोकिएको छ । चौकीडाँडालाई विशेष पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न कम्पनी लागिपरेको भन्दै छिट्टै बम्जीजम्प, होटल, हिल स्टेशनको रूपमा विकास गर्नु छ ।

 छलफल कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका द्वितीय उपाध्यक्ष राजेन्द्र ओली, पर्यटनविज्ञ डा विश्व सुवेदीले चितवनको पर्यटन प्रवर्द्धनमा प्याराग्लाइडिङले थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । पर्यटनविज्ञ सुवेदीले भरतपुर महानगरपालिकाले पर्यटन वर्ष २०२४ घोषणा गरिसकेकाले प्याराग्लाइडिङको प्रवर्द्धनलाई समेत जोड दिइने बताए । 

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा स्वदेशी तथा विदेशी पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी, हात्ती सफारी, डुंगा शयरका लागि सौराहा, पटिहानी र मेघौली आउने गरेका छन् । 

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ११ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित