घोराही–तुलसीपुर चारलेन ठेक्का छिट्टै रद्द हुन्छ : मन्त्री शर्मा « Khabarhub

घोराही–तुलसीपुर चारलेन ठेक्का छिट्टै रद्द हुन्छ : मन्त्री शर्मा


१४ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घोराही–तुलसीपुर चार लेन सडक निर्माणकार्यमा राजनीति नगर्न सुझाव दिएकी छन् । नारायणपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा नारायणपुरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको उद्घाटन गर्दै उनले भनिन्, ‘जनदबाब हुँदा त्यसले माथि दबाब दिन पनि सहज हुन्छ, तर चार लेनमा राजनीति गरेर अस्वाभाविक विरोध गर्दा त्यसले फाइदा दिँदैन ।’

चार लेन सडक नबन्दा कष्टकर रहेको भन्दै निर्वाचन जितेदेखि नै पहिलो प्राथमिकतामा राखेर चार लेनकै प्रक्रिया अगाडि बढाइरहेको समेत उनको भनाइ छ । अब आउने बजेट भाषणभन्दा अघि नै चार लेनको ठेक्का तोड्ने गरी तयारी गरेकोसमेत उनको भनाइ छ । ‘ठेक्का नतोड्दासम्म त्यसमा ठेकेदारकै अधिकार हुने र सरकारले चाहेर पनि केही गर्न सक्ने अवस्था रहँदैन’, उनले भनिन्, ‘त्यसैले पहिले ठेक्का तोड्छौँ, त्यसपछि अहिले दुई लेनकै मर्मत कार्य गर्छौँ ।’

भारतीय एक्जिम बैंकको लगानीमा भारतीय तथ्य कम्पनीले काम गरिरहेको भए पनि यो ठेकेदार कम्पनीको ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया अगाडि बढाएर काम अगाडि बढाउने गरी तयारी रहेको मन्त्री शर्माको भनाइ छ । त्यसपछि नयाँ ठेकेदारमार्फत चार लेनको काम अघि बढ्नेसमेत उनको भनाइ थियो ।

त्यसका लागि प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्रीसहित भारतीय राजदूतावास र सोही प्रोजेक्ट हेर्ने सचिवसँग पनि छलफल भइसकेको छ । एक्जिम बैंकले लगानी गरेका दाङमात्रै नभई नेपालकै दर्जन बढी स्थानको हालत यस्तै रहेको मन्त्री शर्माले बताइन् ।

साथै उनले दाङमा विमानस्थल विस्तारको पनि उत्तिकै विवाद आउने भन्दै दाङवासीलाई सहज हुने गरी विमानस्थल विस्तार गर्नुपर्ने बताइन् । ‘म घोराहीवासी भएर नारायणपुर नै हुनुपर्छ भन्ने पनि छैन’, उनले भनिन्, ‘समग्र दाङवासीलाई जहाँ बनाउँदा सहज हुन्छ, त्यहीँ बनाउने हो, त्यसका लागि दाङबाट नेतृत्व गर्ने नेता एकजुट हुनुपर्छ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भएको भन्दै अबको केही समयमा ब्याचलर र एमडीस्तरका शैक्षिक कार्यक्रम सुरु गर्ने गरी तयारी गरेको समेत उनले बताइन्। त्यस्तै अहिले वृद्धभत्ता कटौती गर्न लागेको भनी गलत प्रचार हुने गरेको भन्दै त्यो सत्य नभएको समेत बताइन्। 

मन्त्री शर्माले सरकारले वैदेशिक रोजगारमा गएकालाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता दिने कुरासमेत रहेको बताइन् । दाङ जिल्लाको लाइफ लाइनका योजनाअन्तर्गत खङ्ग्रा नाकाबाट नारायणपुर हुँदै होलेरी, रक्षाचौरको बाटो, मुर्कुटी प्यूठानको बाटो, प्रहरी चौकी, स्वास्थ्य चौकीको स्तरोन्नतिलाई सरकारले प्राथमिकताका साथ लिएको पनि मन्त्री शर्माले बताइन् । साथै अत्यावश्यक कानून निर्माणको काम पनि अघि बढिरहेको उनको भनाइ थियो । 

महोत्सवको पहिलो दिन विभिन्न संस्कृति झल्कने सांस्कृतिक झाँकी, टोल विकास समिति, विभिन्न सङ्घसंस्था तथा विद्यालयले ¥याली गरेका थिए । उद्घाटन कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, नेपाल उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए  । ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहन, दिगो अर्थतन्त्रका लागि योगदान’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव यही वैशाख २६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

मुलुक खेल क्षेत्रमा अघि बढ्यो  

मन्त्री शर्माले मुलुक खेल क्षेत्रमा अगाडि बढिरहेको बताएकी छन् । दाङको बङ्गलाचुलीमा सुरु भएको तेस्रो बङ्गलाचुली कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले सरकारले प्रत्येक पालिकामा खेलकुद मैदान निर्माणसहित खेलाडी उत्पादनका लागि राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको बताइन् ।

उनले खेलाडीलाई खेल क्षेत्रबाट विश्वसामु नेपाललाई चिनाउन आग्रह गरिन् । मन्त्री शर्माले खेलकुदको क्षेत्रमा बजेट बनाउँदा प्राथमिकताका आधारमा योजना बनाउन थालेको उल्लेख गरिन् ।

उनले द्वन्द्वपीडितका मुद्दा टुङ्याउन सरकारले सङ्क्रमणकालीन न्यायको माध्यमबाट छिटो हल गर्ने बताइन् । मन्त्री शर्माले गणतन्त्रमाथि संसद्भित्र र बाहिर दुवै क्षेत्रबाट आक्रमण भइरहेको भन्दै सम्पूर्ण जनता परिर्वतनको पक्षमा उभिन आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ६ : ३५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित