न्यायिक नेतृत्वको दोलखा भ्रमण « Khabarhub

न्यायिक नेतृत्वको दोलखा भ्रमण


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्याय क्षेत्रका विशिष्ट व्यक्तिहरूले हालै दोलखा भ्रमण गरेका छन् । जिल्लाको इतिहासमा न्यायपालिकाको प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश, महान्यायाधिवक्ता र कानुन क्षेत्रका विशिष्ट व्यक्ति एकैपटक पुग्ने यो ऐतिहासिक अवसर हो । यो अवसरको संयोग नेपाल बार एशोसिएसन दोलखा एकाइको भवन उद्घाटन कार्यक्रमले जुराएको हो ।

उक्त कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्की, सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी र हरि फुँयाल, महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, सर्वोच्च बार एशोसिएसनका अध्यक्ष हरिशंकर निरौला, वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद उप्रेती, टंक दुलाल, मेघराज पोखरेल, पूर्वमहान्यायाधिक्ता मुक्ति प्रधान, बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, नेपाल बार काउन्सिलका सदस्य डा चन्द्रकान्त ज्ञवाली, रुद्र नेपाललगायत पुगेका थिए । 

यही वैशाख ८ गतेका लागि भ्रमणको नेतृत्व दोलखा काठमाडौँ कानुन व्यवसायी समाजको संयोजक तथा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र सचिव प्रवीण प्रधानले गरेका थिए । वैशाख ८ गते औपचारिकरूपमा भवन उद्घाटन र दोलखा जिल्ला अदालतको अवलोकन गरी उनहरुले  यही वैशाख ९ गते कालिञ्चोक भगवतीको मन्दिर र दोलखा भीमसेनको दर्शन गरेका हुन् ।

भ्रमणका क्रममा चरिकोटबाट सेतै फुलेका लालीगुँरास र सुन्दर वातावरणको अवलोकन गर्दै उनी कालिञ्चोक पुगे । दोलखा भ्रमणमा आउँदाको मौकामा कालिञ्चोक भगवती र भीमेश्वरको दर्शन गर्ने अवसरमा मिलेकामा खुसी व्यक्त गर्दै कामु प्रधानन्यायाधीश कार्कीले भने, ‘दोलखासँग मेरो पुरानो सम्बन्ध छ, मेरो कानुनी क्षेत्रको यात्रा नै दोलखाबाट सुरुआत भएको हो ।’

दोलखा जिल्लाका लागि एउटा सुन्दर संयोजक मान्नुपर्छ । पूर्वमहान्यायाधिक्ता अग्नि खरेलसँग मिलेर उनले पहिलो ल फर्म दोलखामा प्रारम्भ गरेका थिए । ‘वास्तवमा मेरो दोलखासँग एउटा मीठो संयोग छ, म ओखलढुंगाबाट आउने क्रममा एउटा मुद्दाको सिलसिलामा दोलखा झरेको थिएँ, यहाँ कानुन व्यवसायी छैनन्, यही ल फर्म खोलेर काम गर्नुपर्छ भन्ने कुरा आयो’, उनले विगत स्मरण गर्दै भने, ‘अग्नि खरेल र म मिलेर ल फर्म खोल्यौँ, मेरो दोलखाबाटै कानुनी यात्रामा प्रवेश भएको थियो ।’ त्यही ठाउँबाट कानुन क्षेत्र प्रारम्भ गरेको व्यक्तिले अहिले न्यायालयको नेतृत्व गरिरहेका छन् ।

दोलखा भीमसेनको दर्शन गरेपछि त्यहाँको ऐतिहासिक पुरानो बस्ती पनि उनले अवलोकन गरे। पुराना बस्तीका घर र बस्ती केही परिवर्तन भएको महसुस भएको उल्लेख गर्दै उनले भने, ‘पहिलाको भन्दा अलि फरक भएन, म आउँदा त्यो घर अर्कै थियो, अहिले केही परिर्वतन भएछ ।’ दोलखा बजारमा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, दोलखा जिल्लाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, अधिवक्ता प्रवीण प्रधानगायतले अवलोकन गराएका थिए । 

सर्वोच्च अदालतमा न्यायाधीश हरि फुँयाल र कुमार रेग्मीले पनि उक्त अवसरमा कालिञ्चोक भगवती र दोलखा भीमसेनको दर्शन गरे ।  सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता पहिलोपटक दोलखा भ्रमणमा पुगेका हुन् । ‘दोलखा पहिलोपटक घुम्ने मौका पाएको हुँ, सुन्दर रैछ ।’ 

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारलाई पनि दोलखा पुग्ने र अवलोकन गर्ने अवसर पाएकामा खुसी लागेको छ । ‘म दशैँमा पनि दोलखा घुम्न आएको थिएँ, माथिल्लो तामाकोसीसम्म घुमेर फर्किएका थियौँ’, उनले भने, ‘मलाई दोलखा छुट्टै राम्रो र सुन्दर लाग्छ ।’

दोलखा–काठमाडौँ कानुन व्यवसायी समाजको संयोजक तथा वरिष्ठ अधिवक्ता पोखरेललाई दोलखा र दोलखाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलमा न्यायिक नेतृत्वलाई अवलोकन गराउन पाउँदा खुसी लागेको बताए । 

न्यायालयको नेतृत्व गर्ने व्यक्ति र न्याय क्षेत्रका नेतृत्व गर्ने विशिष्ट व्यक्तिहरू एकै ठाउँमा भेट हुनु एउटा सुन्दर संयोग हो । विरलै यस्तो संयोग हुन्छ । दोलखा बार एकाइका अध्यक्ष कृष्ण बस्नेतले आफ्नो कार्यकालमा बारको भवन उद्घाटन गर्ने क्रममा न्यायिक नेतृत्वको आगमनले खुसी बनाएको बताए । ‘न्याय क्षेत्रका सर्वोच्च व्यक्तिको दोलखामा आगमन भयो, मलाई असाध्यै खुशी लागेको छ’, उनले सुनाउनुभयो, ‘खुसी लाग्यो मेरो कार्यक्रममा एउटा महत्वपूर्ण काम गरियो ।’

– कालिका खड्का रासस

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ३४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित