आरतीसाहको मृत्यु प्रकरण : महोत्तरी गौशालामा तनाव « Khabarhub

आरतीसाहको मृत्यु प्रकरण : महोत्तरी गौशालामा तनाव


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक युवतीको मृत्यु प्रकरणले महोत्तरीको गौशाला तनावपूर्ण भएको छ । विष सेवनबाट गत शुक्रबार राति मृत्यु भएकी गौशाला–४ मल्हनियाँपोखरीकी २७ वर्षीया आरती साहको मृत्यु प्रकरणले तनाव बढाएको हो ।

आरतीलाई घरका परिवारजन मिलेर यातना दिई विष ख्वाएर मारेको भन्दै आज दिउँसो तीन सयभन्दा बढी महिलाले नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेका थिए । प्रदर्शनकारी र प्रहरीसँग झडप हुँदा ११ जना घाइते भएका छन् । महिलाहरुले आरतीका ससुरा, सासू र नन्दलाई समेत पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गर्दै उमेश साहको घर घेर्न पुगेपछि प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोज्दा दोहोरो झडप भएको थियो । उमेश मृतक आरतीका पति हुन् । उनलाई भने प्रहरीले आरतीको मृत्युलगत्तै गत शनिबार बिहानै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

आज बाँसका फट्टा लिएका प्रदर्शनकारी महिला उमेशको घरतर्फ गएपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । यसै क्रममा प्रदर्शनकारीले बाँसका फट्टाले प्रहरीमाथि जाई लागेपछि स्थिति नियन्त्रण गर्न सशस्त्र प्रहरीले १३ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यसलगत्तै हवाई फायरसमेत गरिएको सशस्त्र प्रहरी उपरीक्षक लेखनाथ खनालले बताउनुभयो । यस क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी आठजना घाइते भएका छन् ।

त्यसैगरी, प्रदर्शनकारीतर्फ पनि तीनजना सामान्य घाइते भएका इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य छ । प्रहरीले प्रदर्शनकारीलाई तितर बितर पार्न थप पाँच राउन्ड हवाई फायर गरेको प्रनि यादवले बताए ।

दिनभरि तनावपूर्ण बनेको गौशाला–४ मल्हनियाँपोखरीचोकमा अहिले सशस्त्र प्रहरीको बर्दिबास–४ माईस्थानस्थित मधेस प्रदेश मुख्यालयबाट थप सुरक्षाबल पु¥याइएको छ । त्यसैगरी, नेपाल प्रहरीको पनि थप बल परिचालित गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । गत शुक्रबार राति विष सेवनबाट गम्भीर अवस्थामा पुगेकी आरतीको बर्दिबास–१ स्थित ओमसाई मल्टिस्पेसिलिटी हस्पिटल एन्ड ट्रमा सेन्टरमा शनिबार बिहानीपख उपचारकै क्रममा मृत्यु भएको थियो ।

मृतक आरतीका माइतीपक्षले उनका पति उमेश साह, सासू, ससुरा र नन्दसमेत मिली यातना दिएर विष ख्वाई मारेको बताएका छन् । आरतीका पिता धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ बेलाका वलि साहले सबैलाई पक्राउ गरी अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। आज प्रदर्शनमा उत्रेका गौशाला–४ का महिलाले दिउँसो माईस्थान–गौशाला सडकका ठाउँठाउँ टायर बालेर प्रदर्शन गर्दै केहीबेर यातायात अवरुद्ध पनि गरेका थिए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय महोत्तरीले आरती प्रकरणमा सूक्ष्म अनुसन्धान थालिएको जनाएको छ । अनुसन्धानबाट घटनामा कोही दोषी पाइएमा सबैलाई कारबाही हुने प्रहरी उपरीक्षक प्रकाश मल्लको भनाइ छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : ४७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित