काठेखोलाको एउटै वडामा सांस्कृतिक र जनजाति सङ्ग्रहालय  « Khabarhub

काठेखोलाको एउटै वडामा सांस्कृतिक र जनजाति सङ्ग्रहालय 


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको काठेखोला गाउँपालिकाको एउटै वडामा दुई सङ्ग्रहालय निर्माण भइरहेका छन् । जनजातिको बाहुल्यता रहेको काठेखोला–४ तङ्ग्राममा एकसाथ सांस्कृतिक सङ्ग्रहालय र जनजाति सङ्ग्रहालय निर्माण भइरहेका छन् । 

लोपन्मुख विश्वका मुख्य बाजा सङ्ग्रह गर्ने उद्देश्यले स्थापना गरिएको जिमाक संस्थाको अगुवाइमा अहिले सांस्कृतिक सङ्ग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यस्तै गाउँपालिकाको अगुवाइमा जनजाति सङ्ग्रहालय निर्माण भइरहेको छ । तङ्ग्राममा रहेका जनजातिले आफ्नो पहिचान, भाषा, वेशभूषा र संस्कृतिलाई सङ्ग्रहित गर्न जनजाति सङ्ग्रहालय निर्माण थालिएको हो । गाउँपालिकाले एक वडा एक गौरवको योजनाअन्तर्गत झन्डै ६० लाख जति सङ्ग्रहालयमा लगानी भइसकेको छ । 

यस्तै लोपन्मुख बाजालाई संरक्षित गर्न अहिले सांस्कृतिक सङ्ग्रहालयको कामसमेत अन्तिम चरणमा पुगेको छ । सांस्कृतिक सङ्ग्रहालयमा व्यक्तिगत सहयोग तथा गण्डकी प्रदेश सरकारको गरी एक करोड ५० लाख लगानी भइसकेको छ । तङ्ग्राममा दुई सङ्ग्रहालय निर्माणपश्चात् आन्तरिक तथा बाह्य पर्यटकसमेत भित्र्याउने गाउँपालिकाको विश्वास छ । 

जिमाक सांस्कृतिक सङ्ग्रहालयमा विश्वभर रहेका विभिन्न देशका प्रमुख बाजासँगै नेपालका सबै लोकबाजाको सङ्ग्रह गरिने संस्थापक संरक्षक हेमराज आश्रमले जानकारी दिए। ‘सांस्कृतिक सङ्ग्रहालयमा विभिन्न देशका मुख्य बाजा सङ्ग्रह गरिनेछ, नेपालका लोकबाजा यहाँ देख्न पाइन्छ’, आश्रमले भने, ‘सङ्ग्रहालयले लोकबाजाको पहिचान दिलाउँदै लोकबाजाको अध्ययन तथा अनुसन्धानस्थलका रुपमा समेत सङ्ग्रहालय देखिएको छ ।’

सांस्कृतिक सङ्ग्रहालयले गाउँपालिकाको तङ्ग्रामलाई सांकृतिक ग्रामका रुपमा विकास गर्दै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । विसं २०७६ देखि निर्माण थालिएको सङ्ग्रहालयको कूल लागत रु एक करोड ३० लाख रहेको छ । सङ्ग्रहालय निर्माणमा गण्डकी प्रदेश सरकारले तीन आर्थिक वर्षमा गरी रु एक करोड ३० लाख विनियोजन गरेको छ ।

जिमाक सङ्ग्रहालय जाने बाटो सुधार गरिनाका साथै मादलको प्रतिमा समेत बनाइएको छ । सङ्ग्रहालय आगामी जेठ मसान्तसम्म निर्माण गरिसक्ने सम्झौता रहेको छ । सङ्ग्रहालयमा नेपालकै ठूलो नगरासमेत राखिनेछ । उक्त नगरा निर्माण भइसके पनि स्थान अभावमा प्रदर्शनमा राख्न सकिएको छैन ।

त्यस्तै काठेखोला–४ तङ्ग्राममा नै पर्यटन तथा जनजाति सङ्ग्रहालय निर्माणलाई तीव्रता दिइएको छ । विसं २०७५ देखि निर्माण थालिएको सङ्ग्रहालयमा हालसम्म ५८ लाख खर्च भइसकेको छ । गाउँपालिकाको एक वडा एक गौरवको योजनाअनुसार पर्यटन तथा जनजाति सङ्ग्रहालय निर्माण कार्यले तीव्रता पाएको छ । सङ्ग्रहालयका लागि २०७५ सालमा पाँच लाख, २०७६ मा रु २० लाख, २०७७ मा रु १३ लाख, २०७८ मा रु १५ लाख र २०७९ मा रु पाँच लाख गाउँपालिकाले विनियोजन गरेको थियो ।

सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जाति-जनजातिको पहिचान झल्कने सामग्री राखिने सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष रनबहादुर पुनले जानकारी दिए । ‘यो सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने जातजातिको वेशभूषा, संस्कृति, रीतिरिवाज, परम्परा झल्किने वस्तु राखिनेछ’, उनले भने, ‘यसले गाउँपालिकाका जनजातिहरुको लोपोन्मुख भाषा, संस्कृति तथा सामग्रीलाई झल्काउन मद्दत गर्नेछ ।’

गाउँपालिकाका उपाध्यक्ष तिलक पुनले तङ्ग्रामका दुई सङ्ग्रहालयले समग्र गाउँपालिकाको पहिचान दिने बताए। सङ्ग्रहालय निर्माणसँगै यसको प्रचारप्रसारमा गाउँपालिका आफैँ लाग्ने पुनको भनाइ छ । 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  २ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित