पुल निर्माण सम्पन्न भएको पाँच वर्षपछि उद्घाटन « Khabarhub

पुल निर्माण सम्पन्न भएको पाँच वर्षपछि उद्घाटन


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडको बीचमा बनाइएको तीन सय ६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्रबार उद्घाटन गरिएको हो ।

नयाँ वर्षको अवसर पारेर रघुगङ्गा गाउँपालिका–१ बेगले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमवीर गर्बुजा, प्रदेशसभा सदस्यद्वय हरिबहादुर भण्डारी, विमला गौचन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र योजना छनोटमा भूमिका खेल्ने तत्कालीन जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले संयुक्तरूपमा पुल उद्घाटन गरेका थिए ।

पुल निर्माण सकिएको भए पनि बेग र बाँदुकतर्फ जाने बाटोमा गाउँपालिका र अन्य निकायले पदमार्ग, पर्यटन पार्क र समुदायस्तरबाट चौतारी, विश्रामस्थललगायत पूर्वाधार निर्माण गरिरहेकाले निर्माण सम्पन्न भएको पाँच वर्षपछि उद्घाटन गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले जानकारी दिए । बेनी–जोमसोम सडकखण्डको तिप्ल्याङबाट बाँदुक–बेग हुँदै पर्यटकीयस्थल रुइसे जोड्ने पदमार्ग निर्माण गरी उक्त पदमार्ग धवलागिरि आइसफल पदमार्गमा जोड्ने योजना बनाइएको उनले बताए ।

बेग र बाँदुक गाउँको बीचमा रहेको बेगखोलाको खोचमाथि निर्माण भएको उक्त झोलुङ्गे पुल एक सय ४८ मिटरभन्दा बढी अग्लो छ ।  तत्कालीन जिल्ला विकास समितिले रू दुई करोड ७९ लाख ९० हजार लागतमा पुल निर्माणका लागि मुक्तिनाथ-श्री गीता जेभीलाई ठेक्का लगाएको थियो । 

विसं २०७३ असार ३१ गतेदेखि निर्माण सुरु भएको उक्त पुल २०७४ चैत ३० गते निर्माण सम्पन्न भएको थियो । झोलुङ्गे पुल निर्माण भएपछि बाँदुक र बेगगाउँसम्म आवागमन गर्न लाग्ने करिब तीन घन्टाको यात्रा ३० मिनेटमै छोटिएको छ ।

दुई गाउँलाई जोड्ने पुल सञ्चालनमा आएपछि भीर र खोलानालाको अप्ठ्यारो बाटोबाट घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ । 

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  १ : ३२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित