मैलुङ-स्याफ्रुबेँसी सडकको प्रगति २५ प्रतिशत मात्रै « Khabarhub

मैलुङ-स्याफ्रुबेँसी सडकको प्रगति २५ प्रतिशत मात्रै


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकमा छेउमा पर्खाल लगाउनेबाहेकको अरु काम हुन सकेको छैन । 

लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण ठप्प रहेको थियो । झण्डै एक वर्षपछि अहिले काम सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । यो सडक खण्डमा २५ प्रतिशत प्रगति मात्रै रहेको योजनाका प्रमुख धु्रवकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘निर्माण व्यवसायीले काम नगरेर निर्माण सुस्त भएको हो ।’

सरकारी वन क्षेत्रमा पर्ने भएकाले यो सडकखण्डमा जग्गा मुआब्जाको समस्या कम रहेको योजनाले जनाएको छ । निर्माण व्यवसायी लामो समय सम्पर्कविहीन रहेकामा अहिले सम्पर्कमा ल्याएर काम गराउन लागिएको प्रमुख श्रेष्ठले बताए। 

उनले भने, ‘बैंकबाट ताकेता गरेर सम्पर्कमा ल्याइएको छ, व्यवसायीले हामीलाई नयाँ व्यवस्थापनसहित काम गर्छु भनेको छ ।’ सो ठेक्काको अवधि गत माघ २४ मा सकिएको थियो । अवधि थपका लागि निर्माण व्यवसायीले निवेदन दिएको उनले बताए । कामको प्रगति हेरेर निर्माणको काम अघि बढाए मात्रै थप हुने उनको भनाइ छ । उनका अनुसार काम चित्तबुझ्दो भएन, कामको गति बढाएन र जनशक्ति बढाएन भने थप नहुन पनि सक्छ । 

एक महिनादेखि अहिले जनशक्ति र उपकरण थप्न थालेको उनले जानकारी दिए। अहिले तीन मेसिन र एक सय जना जनशक्ति रहेकामा योजनाले निर्माण कम्पनीलाई थप गर्न भनेको उनले बताए। उनले भने, ‘गति बढाउँदा अवधि थप्ने नभए जरिवाना लगाउनुपर्ने हुन्छ ।’

सडकको तल्लोपट्टि खोला रहेकामा त्यसमा पर्खाल लगाउने काम भइरहेको छ । त्यो सकिएपछि नाली बनाएर ग्राभेल गरेर कालोपत्र गरिने उनले बताए। यो सडक सरकारको बजेटबाट निर्माण भइरहेको छ ।

 भारतीय कम्पनी भारत कन्स्ट्रक्सन र नेपाली कम्पनी सिद्धि शाही कन्स्ट्रक्सनलाई निर्माणको जिम्मेवारी दिइएको छ । मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकको लम्बाइ १९ किमि रहेको छ । 

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  २ : ४५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित