स्वास्थ्य विभागको टोलीद्वारा सेवा निरीक्षण « Khabarhub

स्वास्थ्य विभागको टोलीद्वारा सेवा निरीक्षण


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ ।

स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गोलाल, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा जगदिश जोशी, वरिष्ठ कंसल्टेन्ट नेप्रोलोजीस्ट डा जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमिल्सिनाले सञ्चालनको तयारीमा रहेको डायलासिस सेवाको निरीक्षण गरेका हुन्

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अवस्थामा स्वास्थ्य सेवा विभागबाट अनुमतिका लागि निरीक्षण गरिएको बताए । ‘स्वास्थ्य सेवा र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयबाट आएको टोलीले निरीक्षण गर्नुभएको छ’, अध्यक्ष भट्टले भने, ‘शुक्रबारदेखि परीक्षणका रुपमा डायलासिस सेवा सुरु गर्ने गरि तयारीमा लागेका छौँ’, उनले डायलासिस सेवाका लागि आवश्यक जनशक्ति तयारी अवस्थामा रहेको बताए। 

यसअघि बजेट अभाव र स्वास्थ्य सेवा विभागले डायलासिस सञ्चालनको अनुमति नदिँदा सेवा सञ्चालन हुन सकेको थिएन । ‘सेवा सुचारुका लागि सबै तयारी पूरा भएको अनुमति पाउन मात्रै बाकीँ  हो’, उनले भने, ‘तत्काललाई दुई सिफ्टमा सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौँ ।’

महाकाली प्रादेशिक अस्पतालका व्यवस्थापन समिति सदस्य इन्द्र साउँदले बिहीबार विभागको टोलीले डायलासिस बार्डको निरीक्षण गरेको बताए। ‘विभागको टोलीले निरीक्षण गरेको छ तुरुन्तै सेवा सुचारु गर्ने तयारीमा अस्पताल व्यवस्थापन समिति छ’, साउँदले भने, ‘आजदेखि परीक्षण गरेर आगामी सातादेखि सेवा सुचारु हुनेछ’, अस्पतालका मेडिकल सुपरिडेन्टेन डा अर्जुन भट्टले अस्पतालमा सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको बताए। ‘संघीय सरकारबाट आएको बजेट कटौती पनि भयो विभागबाट अनुमति पाउन समेत ढिलाइ भयो”, डा भट्टले भने, “अहिले प्रदेश सरकारको पनि सहयोग मिलेको छ सेवा छिट्टै सुचारु हुन्छ ।’ 

महाकाली अस्पतालमा डायलासिस सेवा नहुँदा समस्या झेल्नुपरेको यहाँका सेवाग्राहीको गुनासो छ । ‘यहाँ धनगढीको सेती अस्पतालमा मात्रै डायलासिस हुन्छ त्यहा बिरामीको चापले पालो पाउनै मुस्किल पर्छ’, यहाँका स्थानीय गोपाल जोशीले भने, ‘हामीले बाध्य भएर उपचारका लागि भारत जानुपर्छ’, उनले महाकाली अस्पतालमा सेवा पाए यहाँका थुप्रै बिरामीलाई सहज हुने बताए । 

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आए यहाँका बिरामीले धनगढीलगायत अन्यत्र उपचारका लागि जानुपर्ने बाध्यता हट्ने छ । हाल कञ्चनपुरबाट सय बढी मिर्गौलाका बिरामी डायलासिसका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल र सीमावर्ती भारतीय बजार जाने गरेका छन् । 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित