न्यायको पर्खाइमा प्रसूति महिला « Khabarhub

न्यायको पर्खाइमा प्रसूति महिला


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा- प्रेमको मायाजालमा फसेकी एक प्रसूति महिला अहिले न्यायको खोजीमा भौँतारिरहेका छिन् । सिराहाका सुलैना दासलाई प्रेमको मायाजालमा फसाएर गर्भवती बनाइ श्रीमानले छोडेर हिँडेपछि दुई वर्षीय बालक र १९ दिने दुधे बालिकासहित अहिले न्यायको पर्खाइमा बसिरहेकी छिन् ।

सिराहाको सुखीपुर नगरपालिका–३ सलमपुरका कुलदिप दाससँग प्रेम विवाह गरेकी सुलैना दास श्रीमान् फरार भएपछि दुधे बालिकासहित बिचल्लीमा परेकी हुन् ।

दुई वर्षअघि कुलदिपसँग प्रेम विवाह गरेको सुलैनाले बताइन् । सुखीपुरमा टेन्टको बाजा बजाउने काम गर्दै आएका कुलदिपसँग नजिकिएकी उनले आफू दोस्रो पटक गर्भवती भएको बताएपछि श्रीमानले गोलबजारमा डेरा खोजेर राखिदिएको सुनाइन् ।

कुलदिपसँग बिहे गरे लगतै छोरा जन्माएकी उनीले १९ दिन पहिले फेरि अर्को सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छिन् । उनले भनिन्, ‘पहिलो सन्तान दुई वर्षको छ, अहिले फेरि छोरी पाएको छु ।’

तीन महिनाको गर्भ भएपछि घरबाहिर गोलबजारमा राखेर फरार भएका श्रीमानको खोजी गरी न्याय दिलाइदिन जिल्ला प्रहरीसँग गुहार मागे पनि न्याय पाउन नसकेको उनले गुनासो गरिन् । ‘अब सुत्केरी अवस्थामा दुधे बालक लिएर कहाँ जानु, कसलाई गुहार्नु ?,’ उनले दुखेसो पोख्दै भनिन्, ‘प्रहरीकोमा जाँदा उल्टै गाली गरेर फर्काउँछन्, कोसँग कहाँ गएर न्याय माग्नु ?’

केही दिनअगाडि प्रहरीले पैसा खाएर गुपचुपै कुलदिपलाई विदेश पठाइदिएको सुनेको उनले बताइन् । ‘अब त न्याय पाउने आश पनि मरेर गयो । म जस्तो असहायलाई कसले सहायता गर्छ ?,’ उनले भनिन्, ‘डेरामै रहँदा कहिलेकाहीँ आउने श्रीमानले एकाध हजार दिएर जान्थे, त्यही बेला गर्भवती भएछु । दुई छाक खान समेत गाह्रो परिरहेको छ ।’

हालसम्म उनलाई मुक्ति नेपालले सहयोग गरिरहेको बताइन् । कुलदिपले ल्याए पनि उनको घरपरिवारले नस्वीकारेकाले घर जान नसकिएको र आफ्नै खुसीले विवाह गरेकाले माइत जाने अवस्था पनि नरहेको सुलैनाले सुनाए । उनले भनिन्, ‘घर जाऊँ सासू ससुराले तँलाई चिन्दैनौँ, हामी घरमा भन्दै पस्नै दिँदैनौँ भन्नुहुन्छ । आफ्नै मर्जीले विवाह गरेकाले माइत जान पनि सक्दिनँ ।’

गर्भवती अवस्थामा सुलैना कसको सहारामा सुत्केरी हुने चिन्तामा थिइन् । काखे बालक र अर्को जन्मने अवस्थाको गर्भले उनी व्याकुल रहेको अवस्थामा हामीले सामाजिक उत्तरदायित्व पूरा गरेको मुक्ति नेपाल संस्थाका कार्यकारी निर्देशक श्यामकुमारी साहले बताइन् ।

महिला अधिकारका लागि क्रियाशील स्थानीय मुक्ति नेपालले गर्भवती दासलाई मनोविमर्श सेवा, स्वास्थ्य उपचारमा सहयोगसहित जिल्ला प्रहरीमा निवेदन दिन सघाएको संस्थाका निर्देशक साहले जनाइन् । विवाह गरेको दुई वर्ष बितिसके पनि उनको नागरिकता बनेको छैन । माइतीबाट जन्म प्रमाणित ल्याएको कागज पनि श्रीमानले लिएर हिँडेको सुलैनाले बताइन् । उनले भनिन्, ‘अरु केही नभए पनि तत्काल नागरिकता, विवाह दर्ता र छोराको जन्मदर्ता बनाई दिए हुने थियो ।’

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ४ : ५८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित